२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण बिग्रन्छ मिर्गौला

२०७७, २८ फाल्गुन शुक्रबार ०२:२८

फागुन २८, काठमाडौं । शरीरको वजन बढिरहेको तथा उच्चरक्तचाप र मधुेमह जस्ता रोग छन् र नियन्त्रणमा छैनन् भने त्यसले मिर्गौला बिगार्नसक्ने खतरा देखिएको छ । प्रायः मानिसको आफ्नै गल्तीको कारण मिर्गौला बिग्रने क्रम बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा उनीहरूले यस्तो बताएका हुन् ।  

चिकित्सकका अनुसार आरमदायी जीवनशैली र अस्वस्थ खानाका कारण तौल बढ्नु, शरीरमा कल्स्ट्रोल बढ्नु, उच्च रक्तचाप र मधुमेहका रोगी बर्सेनि बढिरहेका छन् । मधुमेह तथा उच्च रक्तचापको कारणले पछि गएर मिर्गौला फेल हुन्छ । त्यसैगरी नेपालीहरूले भान्छामा नुन तथा चिल्लो पदार्थको बढी प्रयोग गर्ने कारणले पनि पछिल्लो समय मिर्गौला फेल हुँदै गएको छ । पर्याप्त पानी नपिउनाले पनि मिर्गौला फेल हुन्छ ।

पछिल्लो समय कुनै समस्या भयोे कि नजिकको औषधि पसलबाट आफूखुसी पेनकिलर (नदुख्ने औषधि) किनेर खाने पवृत्तिले पनि मिर्गौला बिग्रिँंदै गएको पाएको छ । ‘मुख्य कुरा नदुख्ने औषधि जथाभावी प्रयोग भएको देखिन्छ,’ शिक्षण अस्पताल महारागन्जका मिर्गौला रोग विशेषज्ञ डा. महेश सिग्देलले भने । सिग्देलका अनुसार अहिलेको समयमा मानिसको अस्वस्थ जीवनशैलीले मिर्गौला बिग्रिने दर बढ्दै गएको हो ।

विशेष गरी आरामदायी जीवनशैलीले बढाएका उच्चरक्तचाप, मोटोपना, मधुमेह, युरिक एसिड जस्ता रोगले मिर्गौला तीब्र रुपमा बिग्रिँदै गएको छ । उच्च क्यालोरी भएका खाना खाने र व्यायम नगर्ने, दैनिक खानामा नुन र तेलको अत्यधिक प्रयोग गर्ने गर्ला उच्च रक्तचाप, मधुमेह जस्ता रोग बढेको र यी रोगहरूले कालान्तरमा मिर्गौलालाई असर गर्ने चिकित्सकाको भनाइ छ ।  

नेपालीहरूको औसत आयु बढेर ७० पुगेको छ । यो अवधिमा उच्चरक्तचाप तथा मधुमेह जस्ता रोगहरू बढ्दै जाँदा मिर्गौला पनि बिगारेको देखिन्छ । ‘पहिला उच्च रक्तचाप र मधुमेह भएमा अकालमै मृत्यु हुन्थ्यो, उच्च रक्तचाप र मधुमेहका बिरामी बढी उमेरसम्म बाँच्छन् र यो समूहमा मिर्गौला बिग्रिने दर पनि बढी छ,’ उनले भने । पछिल्लो समयमा तरकारीमा अत्यधिक मात्रामा बिषादी प्रयोग हुँदा पनि मिर्गौला बिगार्नमा सहयोग भइरहेको छ । डा. सिग्देलका अनुसार नेपालमा गलत जीवनशैलीकै कारण प्रति वर्ष औसत ३ हजार जनाको मिर्गौला फेल भइरहेको छ । ती सबै मिर्गौला प्रत्यारोपण गनुपर्ने अवस्थाका छन् ।  

चिकित्सकका अनुसार उचाइ अनुसारको तौल कायम राखेमा मधुमेह तथा उच्चरक्तचाप जस्ता रोगहरू लाग्दैनन् र मिर्गौला फेल हुन पाउँदैन । यसको लागि हरेक व्यक्तिले जस्तो कि ५ फिट उचाइ भएको तौल ५० केजी हुनुपर्छ । साढे ५ फिट उचाइ भएमा ५५ केजीभन्दा बढी हुनु हुँदैन । स्वस्थ जीवनको लागि हरेक हप्तामा १ सय ५० मिनेट हिँडडुल गरेकै हुनु पर्ने, दैनिक भोजनमा पर्याप्त मात्रामा सागपात, फलफूल र पानीको पर्याप्त प्रयोग गर्ने, शरीरलाई आवश्यकताभन्दा बढी क्यालोरीयुक्त खाना नखाने जस्ता जीवनशैली अपनाएमा मिर्गौला जोगाउन सकिन्छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो