2026-07-25 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अलमलमा नलागी फर्कनुहोस् : प्रधानमन्त्री

नारायण ढुङ्गाना, फागुन २९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अलमलमा नलागी पार्टीमा एकताबद्ध हुन नेता र कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

पार्टीको भातृ सङ्गठन अलिख नेपाल महिला सङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विगतमा आफूलाई हटाएजस्तो गरी कसैलाई अध्यक्ष वा पार्टी सदस्यबाट ननिकालेको तर कार्यसम्पादनका लागि केही नेतालाई कामको जिम्मेवारी दिएको जानकारी गराउनुभयो ।

उहाँहरु (माधवकुमार नेपाल र झलनाथ खनाल समूह) आएपछि कसरी अघि बढ्ने भन्ने कुरा छलफलबाट टुङ्ग्याउन सकिने भएकाले कुनै अलमलमा लाग्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको जानकारी गराउँदै भन्नुभयो, “सुनिन भन्न पाइने छैन, अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्था भएअनुसार हुँदै जानेछ, त्यसैले सुन्ने गरी भनेको छु चैत ७ गतेको बैठकमा आउनुहोला ।”

शुक्रबार माओवादी केन्द्रमा रहेका नेता÷कार्यकर्तालाई पनि एकतामा कायम हुँदै अघि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । “म स्वागत गर्छु, आउनुहोस् सँगै मिलेर अघि बढौँ, बाटो बिराएकालाई पनि म भन्न चाहन्छु सच्चिनुहोस् आउनुहोस्”, उहाँले भन्नुभयो । उहाँले केपी ओलीलाई ठेगान लगाउन आए बाटोमै ठेस लाग्नेसमेत बताउनुभयो ।

उहाँले सके प्रधानमन्त्रीबाट हटाएर देखाउन पनि चुनौती दिनुभयो । प्रधानमन्त्रीबाट हटे पनि अबको २० महिनापछि नेकपा (एमाले) दुईतिहाइका साथ सिंहदरको मूलढोकाबाट प्रवेश गर्ने प्रधानमन्त्री ओलीको जिकिर थियो । उहाँले प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको समेत बताउनुभयो । 

“सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौँ”, प्रधानमन्त्रीले थप्नुभयो । उहाँले आफ्नो गन्तव्य सत्ता नभई समृद्ध नेपाल र सुखी नेपाली बनाउनु रहेको योजना सुनाउनुभयो । प्रधानमन्त्री ओलीले एउटा शक्ति दुईतिहाइको पार्टी भत्काइ पार्टी ध्वस्त पारेर टालाटुली जोडेर टाले सरकार बनाउन उद्दत रहेको र उनीहरु प्रधानमन्त्री खाइदिनुस् न भनेर कुदिरहेका बताउनुभयो ।

उहाँले अस्थिरताको खेल खेल्ने र बाटाबाटामा अध्यक्षको पगरी बाँधेर हिँड्ने तत्वलाई जनताले सबक सिकाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले उनीहरुको उद्देश्य नै देश बर्बाद गर्ने रहेको र अरुका लागि ‘कम्फरटेबल’ सरकार बनाउने योजना रहेको सुनाउनुभयो ।

मुलुकमा नक्कली लोकतन्त्रवादीहरु सक्रिय रहेको र उनीहरुले देशलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले एउटा समूह विकासको लहर ल्याउने केपी ओलीलाई हटाउनुप¥यो, तपाईँले प्रधानमन्त्री खाइदिनुप¥यो भनी किस्ती बोकेर विभिन्न ठाउँमा निवेदन हाल्न पुगेको बताउँदै आफू कसैको अगाडि किस्ती बोकेर निवेदन हाल्न नजाने प्रष्ट पार्नुभयो । उहाँले आन्दोलनको नेतृत्व गर्ने पार्टीलाई ध्वस्त पार्ने तरिका चिरेरै छाड्ने चेतावनी दिनुभयो ।

वर्तमान सरकारले आफ्ना निम्ति नभई मुलुकको सुशासन र जनताका निम्ति अभियान चालिरहेको र खुट्टा तान्दातान्दै केही वर्षभित्रैमा विकासका योजना साकार पारेरै छाड्ने प्रधानमन्त्रीले उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले विसं २०५१ बाट मासिक रु १०० बाट शुरु भएको वृद्धाभत्ता अहिले रु तीन हजार पु¥याएको र रु पाँच हजार पु¥याउने लक्ष्य रहेको जानकारी गराउनुभयो । उहाँले भत्ता रु चार हजार भने छिट्टै बनाउने पनि उद्घोष गर्नुभयो । उहाँले लडाइँमा होमिएर शहीद भएका परिवार, घाइते भएका लडाकु तथा काख रित्तिएका बाबुआमा छन् तर सशस्त्र द्वन्द्वका सञ्चालकलाई त्यसको सम्झना नरहेका बेला अहिलेको सरकारले पीडा सुनेर मल्हमपट्टी लगाउन थालिसकेको जानकारी गराउनुभयो ।

सरकारले विकास निर्माणका गतिविधिदेखि सडकका बेवारिसेलाई आश्रय दिने, सडक बालबालिकाको उद्धार र संरक्षण, शिक्षा, स्वास्थ्य रोजगारका कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, राष्ट्रपति महिला उद्धार कार्यक्रमका साथ समृद्धिको यात्रामा सरकार रहेको बताउनुभयो । किसान परिचयपत्र, नागरिक एप्सका साथ डिजिटल नेपालको अवधारणालाई सरकारले साकार पार्दै लगेको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले समृद्धिको यात्रालाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।

मुलुकसामु आन्दोलनलाई गलत बाटोमा जान नदिन देशभरि सन्देश लैजानुपर्ने बेला आएको उहाँको भनाइ थियो । त्यसको अगुवाइ नारीले गर्नुपर्नेमा उहाँको जोड थियो । गाउँमा जाँदा उक्त सन्देश र सामाजिक जागरणको चेत लिएर जान पनि महिलाहरुलाई आग्रह गर्नुभयो । घरघरमै देखिने नदेखिने सामाजिक पीडालाई चिर्दै अघि बढ्नका लागि पनि महिला जागरण जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

योग्यता क्षमताले सांसद भयो भने कसैले अपमान गर्न खोज्ने प्रवृत्तिप्रति सचेत हुन आग्रह गर्दै उहाँले त्यस्ता व्यक्तिको मानसिक चिन्तनमै अपरेशन गर्नुपर्ने बताउनुभयो । सामाजिक न्याय र समानता देख्न नसक्ने प्रवृत्ति समाजमा अझै कायम रहेको र त्यसका लागि सशक्त भएर लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । संसारमा बोक्सी नै नहुने जिकिर गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “संसारमा बोक्सी हुन्थ्यो भने यत्रो विरोधी किन कराउँथे मेराविरुद्ध ।”

उहाँले बोक्सी भनेको महिलालाई अपमान गर्ने कुरा भएको र यस्ता सामाजिक अन्धविश्वासलाई हामीले समाजभित्रै चिर्नुपर्नेमा जोड दिनुभयो ।  छाउपडी कुप्रथाको विषय कोट्याउँदै प्रधानमन्त्री ओलीले परिवारका जुन सदस्यले छाउगोठमा बस् भन्छ उसैलाई गोठमा जाऊ भन्न सक्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

उक्त समारोहमा उपप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरताको घिनलाग्दो खेल शुरु भएको र समाजमा अराजकता तथा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेकाले त्यसप्रति सचेत हुन आग्रह गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको विचार, राजनीति र कार्यदिशा नै उपयुक्त भएको बताउनुभयो । उहाँले आफू सांसद पद छाड्न तयार रहेको तर अहिलेको कार्यदिशा नछाड्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक