भाष्कर के.सी | साउन २३, कञ्चनपु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी | साउन २३, कञ्चनपु"/>
१९ माघ २०८२, आईतवार
कन्चनपुर - KNC

नेपाल–भारत हाफ मेराथन दौड प्रतियोगितामा सम्पन्न

२३ श्रावण २०७३, आईतवार ०६:३२

भाष्कर के.सी | साउन २३, कञ्चनपुर | अन्तराष्ट्रिय मित्रता दिवश (इन्टरनेश्नल फ्रारेण्डशिप डे) को अवशरमा नेपाल–भारत सशस्त्र सिमा सुरक्षा बलले सयुक्त आयोजना गरेको नेपाल–भारत हाफ मेराथन दौड प्रतियोगितामा सम्पन्न भएको छ । 

विहान नेपाली समयअनुसार ७:१५ बाट शसस्त्र सिमा बल सारदा बैरेज देखि शुरु भएको दौड गड्डाचौकी भन्सार हुदैं बह्रमदेब– टनकपुर भएर २१.९ कि.मि.को दुरी तय गरेको थियो ।

जम्मा सहभागी ९१० जना रहेका थिए जसमा नेपालबाट पुरुष सहभागी १५८, महिलाको सहभागी २७ रहेको थियो, नेपाल बाट जम्मा १८५ जनाले सहभागीता जनाएका थिए भने भारतबाट पुरुष सहभागी ६५० र महिला सहभागी ७५ गरी ७२५ जना रेहका थिए ।

दौडमा पुरुष तर्फ प्रथम कालीदास लक्षमण हिरवे, दास्रो लालजी यादव भारतको तर्फ बाट भएका थिए भने तेस्रो भुमिराज राई नेपाल को तर्फबाट भएका थिए उनी नेपाल सशस्त्र प्रहरीमा कार्यरत छन् । त्यसै गरी महिला तर्फ नेपाल सशस्त्रप्रहरीकी कान्छीमाया कोजु प्रथम, दोस्रो भारतकी अरपती सेनी  र तस्रो  फुलमती राना भएकी छन् उनी पनि नेपाल सशस्त्र प्रहरीमै कार्यरत छन्  ।

प्रथम पुरुस्कार भारु ५० हजार नगद सहित पुरुषलाई हिरोको मोटर साइकल र  महिलातर्फ भारु ५० हजार नगद सहित हिरोको स्कुटी प्रदान गरिएको थियो  । दोस्रो विजेता महिला पुरुष दुबै लाई भारु ३०/३० हजार प्रदान गरिएको थियो । त्यसैगरी तेसो विजेता दुबै लाई भारु १०÷१० हजार प्रदान गरिएको थियो ।

नेपालका सशस्त्र प्रहरी बलका डी.आई.जी राजेश श्रेष्टले यस भन्द पहिले पनि मैत्रिपुर्ण खेलहरु भई रहेको र यसले नेपाल भारतको सम्बन्ध अझै महत्वपूर्ण  बनाउने बताउनु भयो ।  त्यसै गरी भारत पिलिभित सिमा सुरक्षा बलका आई.जी.पी. श्यास सिंहले यस्ता दुई देशिय प्रतियोगिताले सिमामा भएका जनताहरुमा भाइचारा ल्याउनुको साथै दुवै देशको मित्रता अझै सुमधुर हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार