२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल समूहको कार्यकर्ता भेला : दुई हजार बढी अगुवा कार्यकर्ता सहभागी हुने

२०७७, ३ चैत्र मंगलवार ०९:१८

चैत ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी-लेनिनवादी)एमालेको माधव कुमार नेपाल-खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै  भेलाको व्यवस्थापकीय तथा राजनीतिक तयारी पूरा भएको प्रचार विभाग प्रमुख योगेश भट्टराले जानकारी दिए ।

ओलीले ३ जेठ, २०७५ मा नेकपा (एमाले) र नेकपा ( माओवादी केन्द्र) बीच सम्पन्न एकीकरणलाई २३ फागुन, २०७७ मा सर्वोच्च अदालतले खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको नेकपा (एमाले) लाई फैसला अनुसार सञ्चालन गर्न आनाकानी गरेको नेपाल समूहले बताएको छ ।

एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको नवै महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुनर्स्थापना भएपनि ओलीले आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने कार्य भइरहेको नेपाल समूहको भनाई छ ।

'यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौ र राष्ट्रिय कार्यकर्ता भेलामार्फत हामी यो सन्देश आधारभूत तहसम्म पुन्याउन चाहन्छौ ।' विज्ञप्तिमा भनिएको छ, 'केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको छ। त्यस अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रुपमा खारेज गरी पार्टीको विधान बमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गरेर पार्टीलाई सुचारु गर्नुपर्छ भन्नेमा हामी दृढ छौं ।'

भेलामा केन्द्रदेखि जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । ओलीले फागुन २८ गते बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखेर पार्टीमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी खारेज गरेका थिए ।

उनले नेपाल पक्षका नेताहरुलाई हटाएर माओवादी केन्द्रबाट आएका नेताहरुलाई जिम्मेवारी दिएका हुन् । 

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै