१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकताको पक्षमा रहन प्रधानमन्त्रीको आग्रह

३ चैत्र २०७७, मंगलवार १०:२४

चैत ३, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न-नगराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज  आयोजना गरिएको चियापान समारोहमा उहाँले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन सबैलाई आग्रह गर्नुभयो । 

“एमाले आबद्ध कोही पनि नेता वा कार्यकर्तालाई भोलिको गुटगत भेला नगराउन-नगर्न, त्यस्तो भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “सबैलाई पार्टी एकताका पक्षमा बस्न आग्रह गर्न चाहन्छु ।”

पार्टी २०५३ जेठ ३ गते भन्दा अगाडिको स्थितिमा फर्के पनि केही साथीहरु छुट्टै भेला बैठक गरेर निहँु खोजिरहेको उहाँले बताउनुभयो । पार्टी अध्यक्ष ओलीले एउटै पार्टीभित्र अराजकता, अनुशासनहिनता, पार्टीको विधि विधान विपरीत काम र एकता विरोधी क्रियाकलाप गर्न छुट नभएको धारणा राख्नुभयो । “पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने, यो हुन सक्दैन”, उहाँले भन्नुभयो, “पार्टीमा हामी सवैले आआफ्ना हिसावले एकतावद्ध, विचारमा केन्द्रीत भएर काम गर्नुपर्दछ ।”

बुधबार र विहिबार काठमाडौमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछन् । एक थरी पार्टीका साथीहरुले चियापान नदेखेको भन्दै उहाँले भन्नुभयो, “पार्टी अध्यक्षको निमन्त्रणामा चियापानमा नजाने पार्टीका साथीहरु कस्को निमन्त्रणमा जानुहुन्छ त ?” उहाँले पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनु राम्रो लक्षण नभएको स्पष्ट पार्दै भोलिको भेला स्थगित गर्ने केही समय बाँकी रहेकोले स्थगन गर्न आग्रह गर्नुभयो । “अझ केही समय वाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि हँुदैन उहाँहरुले,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “भोलिको भेलामा कति तमासा गर्नुहुन्छ । एक नजर त्यता राखिनेछ ।”

उहाँले कसैले पार्टीलाई  धम्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको भए त्यस्तो नसोच्न समेत आग्रह गर्नुभयो । उहाँले  सत्यसँग नलड्ने र निहुँ खोज्नेसँग नझुक्ने समेत स्पष्ट पार्नुभयो ।  प्रधानमन्त्री ओलीले एमालेमा रहेका नेता तथा कार्यकतालाई अन्याय नगर्नेसमेत बताउनुभयो । “पार्टीमा कसैमाथि पनि अन्याय हँुदैन । ठूला ठूला अपराध भएका छन् तर पनि एउटा फराकिलो हृदय लिएका छौँ”, उहाँले भन्नुभयो, “एकदम अपराध गर्नेलाई पनि स्वागत छ भनेर म भन्दिनँ । तर सच्चिएर आउनेलाई पार्टीमा काम गर्नका लागि स्वीकार र्छौं ।”

उहाँले संसद् देश र जनताको हितमा काम गर्ने थलोका रुपमा भए पनि काम गर्न नपाएको धारणा राख्नुभयो । “संसद्लाई स्वार्थको खिचातानीको थलो होइन, दलीय र गुटगतको थलो होइन, देश र जनताको हित तथा विकासको काम गर्ने थलो बनाऔँ”, उहाँले भन्नुभयो, “तर  संसद्लाई त्यसरी चलाइएको र चलाउन दिइएको छैन ।” चियापानमा एमालेका केन्द्रीय सदस्य तथा सांसद उपस्थित भएका थिए । चियापानमा वरिष्ठ नेता नेपाल पक्ष भने सहभागी भएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल