२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

उपभोक्ता समिति गठनको विषयलाई लिएर गलत प्रचार गरियो : नगर प्रमुख बिष्ट

२०७७, ४ चैत्र बुधबार ०८:१५

चैत ४, बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ मा सामुदायिक स्वास्थ्य क्लिनिकको शौचालय निर्माणको लागि उपभोक्ता समिति गठनको विषयलाई लिएर गलत प्रचार गरिएको प्रति नगर प्रमुख धन बहादुर बिष्टले आपत्ति जनाएका छन् ।

उनले समिति गठनको विषयमा जानकारी नभएको भन्दै आफ्नो परिवारलाई जोडेर प्रचार गर्नु गलत भएको बताए । 'मलाई त्यो जानकारी पनि छैन,थाहा पनि छैन,को समितिमा बस्ने के बस्ने त्यो मेरो जानकारीको विषय होइन' उनले भने, 'मेरो परिवारको मान्छे वा नातेदार कुनै समितिमा बसेको छैन,यस्तो भेटिएको खण्डमा कारबाही भोग्न तयार छु,असत्य ठहरिए लेख्ने र भन्नेलाई कारबाही गर्नुपर्छ।'  

सो ठाउँमा स्वास्थ्य चौकिको भवन नभएर सामुदायिक क्लिनिकको शौचालय निर्माणको लागि गाउँका मान्छेहरु बसेर समिति गठन गरेका थिए । समिति कालि कामीको अध्यक्षतामा गठन गरिएको थियो । भने सचिवमा कमला पातली र कोषाध्यक्ष हरिलाल पातली रहेका छन् ।

उनले सो शौचालय निर्माणको लागि रकम समेत आफूलाई थाहा नभएको अवस्थामा नाम जोडिएको प्रति आपत्ति जनाए । 'रकम समेत जानकारी नहुँदै कसरी नाम जोडियो यसमा मेरो आपत्ति छ ।' नगर प्रमुख बिष्टले भने ।

मंगलबार नेपाल सरकारका पूर्व उपसचिव भिम उपाध्यायले सामाजिक संजाल फेसबुकमा बुङ्गल नगरपालिकाको स्वास्थ्य चौकि निर्माणका लागि मेयरको घरमा ४ जना एकै परिवारको सदस्य राखेर उपभोक्ता समिति गठन गरेको भन्दै लेखेका थिए ।

No description available.




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा