2026-07-24 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसमपूर्वानुमानलाई सही, भरपर्दाे र विश्वसनीय बनाउन प्रयास

चैत १०, काठमाडौँ । प्रत्येक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (स्न १९५० मार्च २३) का स्मरणमा हरेक वर्ष नेपाललगायत विश्वव्यापी रुपमा विश्व मौसम दिवस मनाइन्छ ।  

यस वर्षको मौसम दिवसको नारा ‘समुद्र, जलवायु र मौसम’ रहेको छ जसले मौसम तथा जलवायुको महासागरसँगको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । पृथ्वीको करीब ७१ प्रतिशत भाग समुद्रले ढाकेको छ । मौसम तथा जलवायुको उतारचढावमा समुद्रको ठूलो प्रभाव छ । विश्वव्यापी रुपमा दिनप्रतिदिन भूमण्डलीय तापमानमा भइरहेको वृद्धिले जलवायु चक्रको प्राकृतिक स्वरुपमा परिवर्तन भइरहेको छ । हिमालका हिउँ पग्लँदै गइरहेको छ । समुद्रमा पानीको सतह बढ्दै गइरहेको अवस्था छ । मौसम प्रणालीको स्वरुपमा अस्वाभाविक  फेरबदल भइरहेको छ । फलस्वरुप नेपालमा पनि अत्यधिक गर्मी, खडेरी, भारी वर्षा, शीतलहर, चट्याङ जस्ता विषम मौसमी अवस्थामा बढोत्तरी भइरहेको छ । 

यस्ता मौसम र जलवायुजन्य विपद्बाट प्रत्येक वर्ष हुने जनधनको क्षति न्यूनीकरण हाम्रा लागि प्रमुख चुनौती बनेको छ । मौसमपूर्वानुमानलाई समयसापेक्ष सही, भरपर्दाे र विश्वसनीय बनाउन तथा पूर्वसूचना प्रणालीको थप विकास र विस्तार तथा जलवायुको विश्लेषण र आकलनलाई थप प्रभावकारी बनाउने विषयलाई विभागले उच्च प्राथमिकताका साथ जानकारी गराउँदै आइरहेको जनाएको छ । विश्व मौसम दिवसको आजको दिनले सर्वसाधारणदेखि नीतिनिर्माताको तहसम्म मौसम तथा जलवायुको महत्वबारे ध्यानाकर्षण गर्दै सचेतना जगाउने अपेक्षा विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक