२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी,कतार, युएई र मलेशियामा कोरोना संक्रमणको अवस्था यस्तो

२०७७, ११ चैत्र बुधबार ०७:४२

चैत ११, काठमाडौँ । विश्वमहामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्धको खोप प्रयोगमा आएपनि संक्रमणको जोखिम भने कायमै रहेको छ । नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले गत वर्ष आजकै दिन देखि लकडाउन सुरु गरेको थियो ।

पछिल्लो समयकोरोनाको संक्रमण छिमेकि मुलुक भारत लगायतका देशहरुमा देखिन थालेपछि स्वास्थ्य सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । नेपाली श्रमिक कार्यरत विदेशी मुलुकहरुमा पनि कोभिड संक्रमण बढ्न थालेको छ । 

साउदी अरेवियामा पछिल्लो दुई दिनमा लगातार दैनिक चार सय भन्दा बढी कोभिड १९ का संक्रमित देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलवार त्यहाँ ४ सय १० जनामा संक्रमण देखिएको हो । 

साउदी अरेवियामा ३ लाख ८५ हजार ८ सय ३४ जनामा हाल सम्म कोरोना संक्रमण देखिएको त्यँहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलवार मात्र साउदी अरेवियामा पाँचजनाको कोभिडका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण साउदी अरेवियामा मृत्यु हुनेहरुको संख्या ६ हजार ६ सय १८ पुगेको छ । यस्तै नेपाली श्रमिकका लागि रोजगारीको आकर्षक गन्तव्य मानिएको युएईमा मंगलवार २ हजार १ सय ७२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । हालसम्म युएईमा ४ लाख ४४ हजार ३ सय ९८ जनामा कोभिडको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

युएईमा १ हजार ४ सय ५१ जनाको सो संक्रमणका कारण मृत्यु भएको छ । १५ हजार भन्दा बढी सकृय संक्रमित रहेको सो मन्त्रालयको भनाई छ । कतारमा पनि ५ सय ३४ जनामा मंगलबार कोरोना संक्रमण देखिएको छ  ।

कतारमा हालसम्म १ लाख ७४ हजार ७ सय ६२ जनामा संक्रमण देखिएको छ । जसमध्ये १ लाख ६१ हजार संक्रमित संक्रमणमुक्त भएका छन् । कतारमा हालसम्म २ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै मलेशियामा हालसम्म ३ लाख ३५ हजार ५ सय ४० जनामा कोरोनाको संक्रमण देखिएको अधिकारीहरुले बताएका छन् । त्यसमध्ये १ हजार २ सय ४४ जनाको मृत्यु भएको छ भनें ३ लाख १९ हजार ८ सय ४२ जना संक्रमण मुक्त भएका छन् । 

मंगलवार मात्र मलेशियामा १ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ