चैत ११, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा ३९६३ जनाको पिसिआर परिक्षण गर्दा १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपलमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरेना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
बुधबार काठमाडौंमा ५३ जना र कास्कीमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमण मुक्त भएका छन् ।