चैत १२, काठमाडौँ । सरकारले छिमेकि देशहरुमा कोरोनाभाइरसको संक्रमण दर बढ्दै गएपछि विभिन्न स्वास्थ्य सतर्कताका मापदण्ड लागु गर्ने निर्णय गरेको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिसमक्ष कोरोना संक्रमण रोक्न विभिन्न सुझाव उपलब्ध गराउने निर्णय गरेको हो ।
सिसिएमसीले तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्नुपर्ने बताएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउन सुझाव दिएको छ ।
कोभिड-१९ को सक्रमण बढ्ने सम्भावना भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयने पूर्व तयारी योजना बनाउन भनेको छ। हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमा नाकाहरूलाई कोभिड-१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र सङ्क्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्ने बताएको छ ।
नेपाल र भारतबीचका सीमा नाकामा मानिस आउँदा यसपूर्व अपनाएका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने, शङ्कास्पद व्यक्तिको एन्टिजिन परीक्षण गर्ने, परीक्षणमा कौमिड-१९ को सङ्क्रमण देखिएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेसनमा पुयाउने व्यवस्था मिलाउन डिसिसिएमसीताई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेसनको निगरानी गराउने व्यवस्था मिलाउने मन्त्रालयले निर्णय गरेको छ ।
