१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालीम

१३ चैत्र २०७७, शुक्रबार ०७:१९

चैत १३, काठमाडौँ । पर्वतारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष तालीम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालीममा पर्वतारोहण सङ्घ सम्बद्ध ३९ जनाले सहभागिता जनाएका छन् । 

कार्यक्रमको उद्घाटन सत्रमा सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले कोभिड–१९ का कारणले मानसिक समस्याले गर्दा वैैदेशिक रोजगारलगायत क्षेत्रमा कार्यरत श्रमिकलाई नकारात्मक असर पारेको पाइएको बताउनुभयो । विशेष गरेर पर्वतारोहण सङ्घसँगको सहकार्यमा साहसिक नेपाली पर्वतारोही श्रमिक तथा पर्वतारोहण क्षेत्रका अन्य व्यक्तिका लागि यो तालीमले व्यक्तिगतरुपमा मात्रै नभई उसको परिवार तथा समाजलाईसमेत फाइदा पुगिरहेको डा केसीको भनाइ थियो । 

सङ्घले कोभिड–१९ का कारणले प्रभावित नेपाली श्रमिकलाई विभिन्न गन्तव्य देशमा र नेपाल फर्केपछि पनि राहत तथा उद्धारका लागि सहयोग पु¥याएको जानकारी गराउनुभयो । यस्तै सङ्घका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभाग संयोजक रविना थापाले कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिकरुपमा समेत असर परेको र पर्वतारोहण एवं टे«किङ व्यवसायमा समेत असर परेको बताउनुभयो । 

तालीमले सो क्षेत्रमा संलग्न व्यक्तिलाई सहयोग पुग्ने थापाले बताउनुभयो । मानसिक स्वास्थ्यका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उहाँको भनाइ थियो । यस्तै सङ्घका स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले सङ्घले टेलिहेल्थका माध्यमबाट देशविदेशमा रहेका नेपालीलाई सहयोग पु¥याउनका लागि पहल गरिरहेको जानकारी गराउनुभयो । 

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले गैरआवासीय नेपाली सङ्घ र नेपाल पर्वतारोहण सङ्घको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने बताउनुभयो । प्रसिद्ध साहसी पर्वतारोही माया गुरुङ तथा अन्य यस क्षेत्रसँग सम्बन्धित सबै सहभागीले तालीम अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि सङ्घबाट यस प्रकारको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए । तालीम कार्यक्रममा डा विजय ज्ञवाली तथा माधव खतिवडाले मानसिक स्वास्थ्य, तनाव एवं आत्महत्या रोकथाम जस्ता विषयमा प्रशिक्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल