२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदिक दर्शनको महत्व बुझाउन संस्कृत र हिन्दीका ५० पुस्तक नेपालीमा

२०७७, १३ चैत्र शुक्रबार ०८:२२

पूर्णप्रसाद मिश्र । चैत १३, काठमाडौँ । वैदिक सनातन धर्मको महत्व बुझाउने उद्देश्यले गीता प्रेसले संस्कृत र हिन्दीमा प्रकाशन गरेका ५० पुस्तकको नेपालीमा अनुवाद गराएको छ ।

 नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्रका रुपमा २०७३ जेठमा पशुपतिमा खुलेको गीताप्रेस कक्षले ५० पुस्तक अनुवाद गराएको हो । प्रेसले नेपालीलगायत १४ भाषामा मानव कल्याणका लागि आध्यात्मिक पुस्तक प्रकाशन गर्दै आएको छ । अनुवाद भएका पुस्तक लगानी मात्र उठाएर सर्वसाधारणलाई बिक्री गर्ने गरिएको केन्द्रका सञ्चालक जयकिसन सारडाले बताउनुभयो ।

‘श्रीरामचरितमानस सुन्दरकाण्ड’, ‘शरणागति’, ‘श्रीहनुमानचालिसा’,‘आदित्यहृदयस्तोत्र’, ‘श्रीनारायणकवच’, ‘रामरक्षास्तोत्र’, ‘गजेन्द्रमोक्ष’, ‘अमोघ शिवकवच’, ‘श्रीमद्भगवत्गीता’,  ‘नित्यकर्म पूजाप्रकाश’,  ‘सरलगीता’, ‘मानवमात्रको कल्याणका लागि’, ‘रामायणका आदर्श पात्र’, ‘आनन्दमय जीवन’, ‘असल बन’, ‘उपनिषद्का चौध रत्न’, ‘प्रश्नोत्तरमणिमाला’, ‘गीतामाधुर्य’, ‘विदुरनीति’, ‘श्रीरामगीता’, नामका पुस्तक नेपालीमा अनुवाद भएका छन् । 

 यसैगरी ‘पाण्डवगीता एवं हंसगीता’, ‘बालशिक्षा’, ‘विवेकचुडामणि’, ‘श्रीदुर्गा सप्तशती’, ‘एउटा मनको इच्छापत्र’, ‘नित्य स्तुति र प्रार्थना’, ‘साँचो गुरु को हुन् ?’, ‘नारद भक्ति सूत्र एवं शाण्डिल्य भक्ति सूत्र’, ‘चेतावनी एवं सामयिक चेतावनी’, ‘प्रश्नोत्तरी’, ‘संसारको असर कसरी छुट्छ ?’, ‘अष्टावक्र गीता’, ‘श्रीमद्भगवद्गीता पदच्छेद अन्वय’, ‘एकादशी व्रतको माहात्म्य’, ‘गरुड पुराण सारोद्धार’, ‘बालकका कुरा’, ‘मातृशक्तिको घोर अपमान’, ‘प्रेमदर्शन’, ‘दाम्पत्यजीवनको आदर्श’, ‘अपात्रको भगवत् प्राप्ति’, ‘आदर्श भक्त’, ‘प्रेरणप्रद कथाहरु’, र ‘विष्णुसहस्रनामस्तोत्र’ अनुवाद भएर आई पशुपति क्षेत्रमा बिक्रीका लागि राखिएको केन्द्रका व्यवस्थापक पुरषोत्तम नेपालले जनकारी दिनुभयो ।

नेपालीमा अनुवाद भई आएका यी पुस्तक पशुपति क्षेत्रका साथै ७७ वटै जिल्लामा समेत बिक्री वितरण भइरहेको छ । नेपालीमा अनुवाद भएका पुस्तकमा पाठकको आकर्षण बढ्न थालेको छ । ‘अध्यात्म रामायण’, ‘गीता माहात्म्य’, ‘अन्त्यकर्म प्रकाश’, ‘रुद्राष्टाध्यायी’, ‘जीवन सञ्जीवनी’ र ‘कल्याण कसरी हुन्छ ?’ गरी छ वटा पुस्तक अनुवाद भई गोरखपुरबाट छापिएर आउने क्रममा रहेको केन्द्रका अनुवाद शाखा प्रमुख राजकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो ।

दुई पुराण अनुवादको अन्तिम चरणमा

यसैगरी संस्कृत भाषाका तीन वटा ग्रन्थ नेपाली अनुवादको अन्तिम चरणमा पुगेको छ । ‘नारायणीम्’, ‘विष्णुपुराण’, र ‘श्रीमद्भागवत महापुराण’ अनुवादको अन्तिम चरणमा पुगेको छ । यी तीन ग्रन्थ छ महीनामा छापिएर पशुपतिस्थित बिक्री केन्द्रमा आइसक्ने जनाइएको छ । गीताप्रसबाट प्रकाशित पुस्तकको नेपाली अनुवाद पशुपतिमा भए पनि छपाइ भने गोरखपुरमै हुने गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पको त्रास बढेका बेला नेपाली पाठकमा आध्यात्मिक पुस्तक पढ्ने बानीमा वृद्धि भएपछि केन्द्र खोलिएको हो । विपत्ति एवं महामारीका बेला मानिसमा आध्यात्मिक पुस्तकका साथै टेली चलचित्र हेर्नेक्रमसमेत बढ्न थालेको छ । योक्रम भूकम्पलगत्तै र कोराना महामारी बढेपछि गत वर्षदेखि गीता प्रेसका बिक्री केन्द्रमा देखिएको छ । पशुपति वनकालीस्थित माधवराज सुमार्गी स्मृति भवनको पसल नं ६, ७ र ८ मा केन्द्र सञ्चालन भइरहेको छ । हाल यहाँ आध्यात्मिक पुस्तकप्रति रुचि भएका पाठकको भीड बढेको देखिन्छ ।

“केन्द्रमा ९७ हजार ३०० नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक छन्, प्रेसका ५० पुस्तक नेपालीमा अनुवाद भएका छन्, प्रेसले प्रकाशन गरेका सबै पुस्तक नेपालीमा अनुवाद गराई नेपालीको कल्याण गर्ने केन्द्रको उद्देश्य हुनेछ, प्रत्येक नेपालीको घरमा गीता पुस्तक पु¥याउने उद्देश्यले हामीले नेपालीमा अनुवाद गरी अभियान नै चलाएका छौँ”, सञ्चालक सारडाले भन्नुभयो ।

प्रेसले विसं २०६२ मा ‘रामचरितमानस’ र ‘मानव मात्रको कल्याणका लागि’ गरी दुई पुस्तक नेपालीमा अनुवाद गरेको थियो भने भूकम्पपछि पाठकको मागअनुसार अन्य पुस्तकको अनुवाद गर्ने क्रम बढेको हो ।  नेपाली अनुवाद गरिएका पुस्तकमध्ये ‘शरणागति’ वाल्मीकि विद्यापीठका प्राध्यापक पद्मप्रसाद भट्टराईले गर्नुभएको हो भने अन्य पुस्तक केदारनाथदासलगायत लेखकले अनुवाद गर्नुभएको हो ।

बाँकी पुस्तक पशुपति क्षेत्रमै बसेर विभिन्न लेखक एवं अनुवादकले अनुवाद गरिरहनुभएको छ । गीता प्रेसको मुख्यालय गोरखपुरले नेपालको पहिलो बिक्री केन्द्र पशुपति क्षेत्रमै खोल्ने र अनुवाद पनि पशुपति क्षेत्रमै बसेर गर्नुपर्ने शर्त राखेको थियो । केन्द्र प्रमुख सारडा यो शर्त मानेरै केन्द्र स्थापना गरिएको बताउनुहुन्छ । केन्द्रको स्थापनापछि नेपालमा भारतीय धार्मिक पर्यटकको भ्रमण पशुपति क्षेत्रमा अझ बढेको जनाइएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि मानव कल्याणका लागि केही गरौँ भन्ने भावना जागेकाले एक वर्ष प्रयास गरेर प्रेसको आधिकारिक बिक्री केन्द्र खोलिएको संस्थापक सारडा बताउनुहुन्छ । केन्द्रले नाफा लिने उद्देश्य नलिएको र कर पनि नलाग्ने भएकाले प्रेसले तोकेकै मूल्यमा पुस्तक बिक्री गरिन्छ । प्रेसले पुस्तक निःशुल्क पनि नदिने र तोकिएकोभन्दा बढी मूल्य पनि नलिने नीति लिँदै आएको छ । भूकम्पपछि जस्तै बन्दाबन्दीका समयमा पनि आध्यात्मिक पुस्तक किन्नेको सङ्ख्या बढ्न थालेको कमलपोखरीमा गीता प्रेसका पुस्तक बिक्री गर्दै आउनुभएका रोशन अधिकारीले बताउनुभयो । “भूकम्पपछि दश जोड दुईमा अध्ययनरत किशोरकिशोरी पनि आध्यात्मिक पुस्तक किन्न आउन थालेका थिए, अहिले पनि रोगको त्रासका कारण पनि हुनसक्छ युवायुवतीसमेत गीता प्रेसका आध्यात्मिक पुस्तक खोज्दै आउने गरेका छन्”, उहाँले भन्नुभयो । 

 केन्द्र खोलेपछि चार वर्षको समय आफ्नो जीवनको सबैभन्दा खुशीको बनेको प्रमुख सारडाको अनुभव छ । मानिसमा चिन्ता, थकान, दबाब लगायत नकारात्मक तत्वको वृद्धि हुन्छ । यस्तो बेलामा गीतालगायत आध्यात्मिक पुस्तक अध्ययन गर्दा भित्रैदेखि शान्ति मिल्ने पुस्तक किन्दै गर्नुभएका पाठक ईश्वरकृष्ण महर्जनले बताउनुभयो । विसं १९८० मा भारतको गोरखपुरमा श्रीजयदयालजी गोयन्दकाले वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रचार गर्ने उद्देश्यले प्रेसको स्थापना गर्नुभएको हो । प्रेसले हालसम्म ६० करोड ४६ लाख आध्यात्मिक पुस्तक १४ भाषामा प्रकाशन गरेको जनाइएको छ । हाल नेपाललगायत भारतमा समेत प्रेसका २३ बिक्री केन्द्र छन् । गीता प्रेसका सबै बिक्री केन्द्रले प्रकाशनको लगानी मात्र लिने गरी पुस्तक बेच्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला