2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रारामा पानीको सतह घट्यो

दान बहादुर बुढा । चैत्र २०, मुगु । नेपालको सुन्दर पर्यटकीय गन्तव्य स्थान कर्णाली प्रदेशको रारामा तालमा यो वर्ष पानीको सतह घटेको छ । समुन्द्र सतह देखि २९ सय ७२ मिटर उचाईमा रहेको रारामा मुहान सुन्दै जादा पानीको सतह घटेको हो । 

विगतका वर्षहरुमा हिउँदमा हिमपात र आकाशे पानि पर्ने गरेको थियो । तर यो वर्ष हिमपात र आकाशे पानि निकै कम परेको हुँदा तालको छेउछाउमा रहेका बगेर आउने पानिका दर्जनै मुहान सुकेका छन् । जलवायु परिवर्तनका कारण गत वर्षको तुलनामा यो वर्ष पानीको सतह घटेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निकुञ्ज संरक्षण अधिकृत बिनोद दाहालले जानकारी दिए ।  

‘बच्चाकाल देखि नै धरै पटक रारामा घुम्न आईन्छ यो बर्ष बिगतका बर्षहरु भन्दा रारा तालको सतह धेरै घटेको देखिन्छ। तालको किनारमा माथिबाट बगेर आउर्ने २०,२२ साना साना पानिका खोलाहरु पनि सुकेका छन । यो बर्ष हिउँ कम परेको कारण हुनसक्छ’, छायानाथ रारा नगरपालिका वडा नम्बर ७ बस्ने प्रकाश कुमार शाहीले भने । 

जथाभावी सडक खन्दा र वनजंगल फडानी गर्दा यस्तो समस्या आएको कनका सुन्दरी ५ जुम्लाका आन्तरिक पर्यटक महेन्द्र हमालको बुझाइ छ । पहिले घुम्न आउँदा र अहिलेको रारा वरपरको शुन्दरतामा फरक देखिएको उनले बताए ।

‘फोहोर व्यवस्थापनमा पनि सुधार आएको छ, तर रारा घुम्न आउर्ने आन्तरीक तथा बाह्य पर्यटकहरुले खान पिउनको लागि ल्याएका केही सामानहरुबाट निस्कर्ने फोहोरलाई सहिठाउँमा प्रयोग गरियो भने राराको सुन्दर्यलाई कायमै राख्न सकिने कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाका बाल रोग विशेषज्ञ डा. कमल प्रसाद थानीले बताए ।

यो बर्ष राराको सतहमा पानि घटेको हुँदा तालमा राखीएको पानि मापनमा अधिकतम ९ न्युनतम ० हुनु पर्नेमा १ भन्दा केही मार्थि रहेको छ । राराको पानि निकासहुर्ने पश्चिम पट्टि रहेको निजार खोलाबाट थोरै मात्र पानि निकास भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई