चैत २०, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा ३५६५ जनामा पिसिआर परिक्षण गर्दा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १११ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको मन्त्रालयको तथ्यांक छ ।
कोरोनाका कारण नेपालमा हाल सम्म ३ हजार ३१ जनाले ज्यान गुमाएका छन् ।