चैत २२, काठमाडौँ । नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले समानान्तर कमिटी गठन प्रक्रिया थालेको छ ।
आइतबार २२५ सदस्यीय काठमाडौं जिल्ला कमिटी घोषणा गरेको हो । उक्त समूहको बुद्धनगर पार्टी प्यालेसमा आयोजना गरेको भेलाले कमिटि गठन थालेको छ ।
काठमाडौं जिल्ला अध्यक्षमा वसन्त मानन्धर, उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठलाई चयन गरेको छ ।