चैत २२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली राहदानी प्रयोग गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले सुनसरी स्थायी घर भई काठमाडौंको सिनामंगल बस्ने ४४ वर्षीय महेन्द्र भण्डारीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले हिमालयन एयरलाइन्सको जहाजबाट नेपाल आएका भण्डारीले गोरखा धुवाकोट ३ ठेगाना भएका राजु पौडेलको नामको राहदानी नम्बर ३३७३२७७ र ०९२८१९६ नम्बरका २ वटा राहदानीमा आफ्नो तस्बिर राखी दुरुपयोग गरेको पाइएको छ ।
उनले सो राहदानी प्रयोग गरी पटक पटक विदेश आवातजावत गरेको प्रहरीको भनाई छ । उनलाई अहिले आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।