2026-07-24 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानले लगायो विदेशीलाई प्रवेशमा प्रतिबन्ध

चैत २४, काठमाडौँ । ओमानले विदेशी नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार ओमानको कोरोना (कोभिड-१९) भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी समितिको बैठकले विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

समितिले ८ अप्रिल २०२१, बिहीबार मध्यान्‍न १२ बजेदेखि लागू हुने गरी विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो । ओमानी नागरिक तथा ओमानको आवासीय कार्ड वाहकहरूलाई भने प्रवेश खुल्ला राखिएको ओमानको उच्च स्तरीय समितिले जनाएको छ ।

यस्तै बिहिबार देखि लागुहुने गरी समितिले सम्पूर्ण व्यापारिक गतिविधिहरू साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने यस अघिको निर्णय यथावत राख्दै उक्त समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा लगाएको प्रतिबन्ध ८ अप्रिल देखि लागु हुने गरी खारेज गरेको छ  । 

ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवधिभर लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको ओमान स्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

ओमान सरकारले मस्जिदहरूमा जम्मा भएर गरिने प्रार्थनामा प्रतिबन्ध लगाउने भएको छ । मस्जिद लगायतका अन्य सार्वजनिक स्थलहरूमा जम्मा हुन तथा भेला गर्न प्रतिबन्ध,रमादानको अवधिभर सामाजिक तथा साँस्कृतिक कार्यक्रम, खेलकुद लगायत सम्पूर्ण सामूहिक गतिविधिहरू गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक