२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

२०७७, २५ चैत्र बुधबार १३:१४

चैत २५, काठमाडौँ । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो । 

प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ । न्यायिक अनुमतिबिना नै गोपनीयताको अधिकारमा हस्तक्षेप गर्न मिल्ने फराकिलो र अस्पष्ट प्रावधान समावेश गरिएको नेपाल विशेष सेवा विधेयक संसद्को माथिल्लो सदनले गत जेठमा अनुमोदन गरेपछि तल्लो सदनमा विचाराधीन रहेको अवस्थामा कानूनी सुरक्षाबिना नै व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना र अभिलेख सङ्कलन गर्ने जस्ता अधिकार दिने प्रावधान विधेयकको मस्यौदामा उल्लेख गरिएको छ ।

यस्तै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानसहित मिडियासम्बन्धी विभिन्न विधेयक संसद्मा विचाराधीन रहेको तथा कतिपय पत्रकारलाई गलत सूचना फैलाएको र सरकारको आलोचना गरेकामा पक्राउ गरिएको औँल्याइएको छ । 

अधिकारवादीको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षा बलले हिरासतमा लिने, प्रदर्शनकारीलाई तितरबितर पार्ने कार्य भएको प्रतिवेदनमा भनिएको छ । विभिन्न स्थानमा भएका घटनाको जवाफदेहिताको माग गर्दै भएका प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरिएको तथा महामारीको अवधिमा देशभर लागू भएको बन्दाबन्दी कार्यान्वयन गराउन पनि सुरक्षा बलले अत्याधिक बल प्रयोग गरेको एमनेस्टीको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन