चैत २६, काठमाडौँ । भारतमा कोरोना संक्रमणदर बढ्दै गएको छ । बुधबार १ लाख २६ हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि भएर हाल सम्मकै नयाँ रेकर्ड कायम भएको हो । यसअघि ६ अप्रिलमा एकदिनमा १ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै २४ घण्टामा भारतमा कोरोनाका कारण ६८४ जनाको मृत्यु भएको छ । ५९ हजार १२९ जना भने कोरोना संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संख्या १ करोड २९ लाख भन्दाबढी रहेको छ ।
जसमध्ये १ करोड १८ करोड मानिस निको भएका छन् भने १ लाख ६६ हजार बिरामीको मृत्यु भएको छ । ९ लाख ५ हजार बिरामीको हाल उपचार चलिरहेको छ ।