२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद पद खारेज भएका ४ मन्त्रीको पुनः नियुक्ति

२०७७, २७ चैत्र शुक्रबार ०८:१७

चैत २७, काठमाडौँ । बुधबार सांसद पद खारेज भएका ४ जना मन्त्रीको भोलिपल्टै पुनः नियुक्ति भएको छ । शुक्रबार राष्ट्रपति विद्या देवी भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा ४ जना मन्त्रीको नियुक्ति गरेकी हुन् ।

लेखराज भट्टलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री,टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री,गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र प्रभु साहलाई सहरी विकास मन्त्रीमा पुनः  नियुक्ति गरिएको हो ।

यसअघि माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका उनीहरुको बिहिबार सांसद पद खारेज भएको थियो । बिहिबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रशाद सापकोटाले चार जना मन्त्रीहरुको सांसद पद खारेज भएको जानकारी गराएका थिए । 

यसअघि मंगलबार माओवादी केन्द्रले उनीहरुलाई सांसदबाट हटाउन संसद सचिवालयमा पत्र पठाएको थियो । माओवादी केन्द्रबाट सांसद बनेका उनीहरु नेकपा विभाजपछि ओली समूहमा लागेका थिए । उनीहरु अहिले नेकपा एमालेको केन्द्रिय सदस्य बनेका छन् । 

एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादी केन्द्रले कारबाही गर्ने निर्णय गरेको हो । राजनीतिक दल समबन्धि  ऐनअनुसार दल परित्याग गरेमा सांसद पद खारेज हुने व्यवस्था छ । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था रहेको छ जस अनुसार ओलीले उनीहरुलाई मन्त्रीमा पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ