चैत २७, काठमाडौं । सरकारले नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहयोग आदप्रदान सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृती दिने निर्णय गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
यही चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको नाम हेरफेर गरी दोरम्बा शैलुङ गाउँपालिका कायम गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।