2026-09-12 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

 चैत २९, लहान (रासस) । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।

सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

बम विस्फोटमा संलग्न थप एक पक्राउ

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

 एक कर्मचारीसहित आठ घाइते हुने गरी यही चैत १ गते भएको प्रेसर कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरीलाई पक्राउ गरेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह