चैत २९, काठमाडौं । काठमाडौं महानगरपालिका–२७ नयाँ बसपार्क मित्र नगर स्थित गेस्ट हाउसमा एक पुरुष मृत फेला परेका छन् । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।