११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

३० चैत्र २०७७, सोमबार ०६:२५

चैत ३०, काठमाडौँ । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ ।

उहाँ इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा उहाँले इरानका राष्ट्रपति हसन रौहानीसँग पनि भेटघाट गर्नुहुने बताइएको छ ।त्यस्तै उहाँले यहाँका उपराष्ट्रपति, इरानी संसदका सभामुख, संसदका पूर्व सभामुख लगायतका नेताहरुसँग पनि दक्षिण कोरिया र इरानको आपसी हितका साथै अरु द्धिपक्षीय विषयहरुमा वार्ता गर्नुहुने बताइएको छ ।

यस भ्रमणका क्रममा पछिल्लो समयमा केन्द्रीय बैंकको स्रोतमा लगाइएको प्रतिबन्धका विषयमा पनि कुराकानी हुने बताइएको छ । हालैको सो निर्णयले इरान र दक्षिण कोरियाको केन्द्रीय बैंकमा परेको असरका बारेमा कुराकानी हुने छ ।

प्रधानमन्त्री चुङले इरानमा रहँदा त्यहाँ रहेका कोरियाली बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनिधिहरुसँग पनि कुराकानी गर्ने बताउनुभएको समाचारमा जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री