दान बहादुर बुढा । चैत्र ३० गते । मृगौलाको उपचार गर्न काठमाडौको वीर अस्पताल पुगेका मुगुको छाँयानाथ रारा नगरपालिका-४ का एक दम्पति आर्थिक अभावले वीर अस्पतालको पेटिमा रात बिताउने गरेका छन ।

छाँयानाथ रारा नगरपालिका-४ कि ४४ बर्षिया मैनमति भण्डारी लामो समय देखि बिरामी भएकी थिईन । उनलाई पती बाँच बहादुर भण्डारीले बेला-बेला जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रष्ठिानमा उपचार गर्न लिएका थिए ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडौ रिफर गरेको थियो । दुई पटक उपचारका लागि काठमाडौ पुगेका भण्डारीको परिवार आर्थिक अभावले पत्निको उपचार गर्ने आशमा वीर अस्पताल काठमाडौँको पेटिमा छट्पटाइ रहेका छन ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठा जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडो रिफर गरेपछी पत्निको उपचार गर्न भण्डारीले गाँउको महिला समूहबाट १ लाख ऋण निकालेर मंसिरमा वीर अस्पतालमा जाँच गराएका थिए ।
अस्पतालमा डाक्टरले मैनमतिको मृगौलाको अप्रशेन गर्नुपर्ने बताए ।
उनले ऋण निकालेको एकलाख रुपैया मंसिरमै सकिएको बताए। फाल्गुन महिनामा वीर अस्पताल पुगेका मैनमतिको एक मृगौलाले काम गर्न छाडेको छ । अर्को मृगैलाले आधामात्र काम गर्ने र त्यसको पनी अप्रशेन गर्नुपर्ने भएपछि आर्थिक अभावका कारण होटलमा बस्ने खर्च नभई बिर अस्पतालको पेटीमा रात कटाउन बाध्य भएको मोबाईलबाट रुदै मैनामतिका पति बाँचबहादुरले दुखेसो पोखे।
आँैषधी उपचार त कताहो कता बिहान र बेलुका पेट भनै गारो भएको उनले बताए । 'श्रीमतिको उपचारत धेरैपर भैसकेको छ । काठमाडौ जस्तो ठूलो शहरमा आफन्त कोही देखी छैनन्' उनले भने,
'घरमा तिन जना साना छोराछोरी सहित बुढी आमा छन । कमाई गर्ने एक मात्र आफु भएकाले घरबाट पैसा जम्मा पारेर पठाउने कोही छैन । बेच्ने जग्गा जमिन समेत छैन । अर्काको ज्याल मजुदरी गरेर घर परिवालाई एक सरो लुगाफाटो र बिहान बेलुका छाक टार्न समेत आफुलाई अहिले सम्म धौ धौ पर्ने गरेको छ ।'
होटलमा बस्ने खर्च समेत नहुदा बिरामिलाई पेटीमा सुताएर रात कटाउने गरेको एक महिना भईसकेको भण्डारीले बताए । पुन अप्रशेन गर्नकालागी अस्पताले पैसो जम्मा गर्न भनेको छ । अस्पातलले अप्रेशन गर्न लाग्ने खर्च आधा लिने भनेको उनले बताए ।
तर अप्रेशन गर्दा लाग्ने औषधी किन्ने समेत पैसमा समेत उनीसंग छैन ।
उनले गाँउघरमा सबैलाई गुहारी सकेका छन् । उता गाँउको महिला समुहबाट लिएको एकलाख ऋणको किस्ता महिना-महिनामा तिर्नुपर्ने शर्तमा कागज गरेका छन । उक्त किस्ता कसरी तिर्ने भनेर उनी चिन्तित छन् ।
'बेला-बेला भेट्न आउदा जहिलेपनी दुबैजना अस्पतालको पेटिम बसेका हुन्छन । सोमबार अप्रेशन गर्ने भनिएको रहेछ, अहिले सम्म उनले औषधी किन्ने पैसा जम्मा गर्न सकेका छैनन ।' उनलाई भेट्न पुगेकि भण्डारीको गाँउकी काठमाडौमा अध्यन गर्ने पद्मादेबि भामले बताईन ।
औषधी किन्ने समेत पैसा नहुँदा सोमबार पत्निको अप्रेशन नहुने होकि भनेर रुदै बिर अस्पतालको पेटीमा भण्डारीले कोही कसैले आफनो पत्निको ज्यान बचाउँनका लागि सहयोग गरिदिन आग्रह गरेका छन ।