११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानको परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण

३० चैत्र २०७७, सोमबार ०९:३३

चैत ३०, तेहरान । इरानको एउटा परमाणु केन्द्रमा आइतबार क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरिएको त्यहाँका एक उच्च अधिकारीले बताउनु भएको छ । 

इरान आणविक ऊर्जा संगठन (आइएइओ) का प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतङ्कवादसँग लड्न आग्रह गर्नुको साथै यस्तो निक्रिष्ट कार्यको कडा शब्दमा निन्दा गर्नु भएको छ ।

उक्त आक्रमण देशको औद्योगिक र राजनीतिक प्रगतिका विपक्षीहरुले गरेका, जसको संवृद्धि परमाणु उद्योगको विकासलाई रोक्ने उद्देश्य रहेको पनि साहेलीले बताउनु भएको छ । यस आक्रमणको पछाडि कसको हात रहेको छ सो भने प्रष्ट नभएको उहाँँले जानकारी दिनु भएको छ । 

दुर्घटनाका कारणहरुको अनुसन्धान भइरहेको र थप विवरणहरु पछि प्रकाशित गरिने उहाँले बताउनु भएको छ । सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको छ । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गर्नु भएको थियो । तर हालका राष्ट्रपति जो बाइडेनले त्यसलाई पुनः अघि बढाउने बताउदै आउनु भएको छ । 

यस घटनामा कसैको पनि मृत्यु नभएको र चुहावट पनि नभएको इरानको फार्स न्यूज एजेन्सीलाई सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ