2026-07-25 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सानो चुनाव गर्ने कि ठूलो चुनाव गर्ने सरकार ?

बैशाख १, काठमाडौं । चुनाव अहिले नभए मंसिरमा, मंसिरमा नभए पनि अर्को वर्ष यही बेला हुन्छ नै । तर, कुन चुनाव कहिले हुने टुंगो नलाग्दा निर्वाचन आयोगमा अन्यौल छाएको छ ।

चैत २६ गते माओवादी छाडेर एमाले बनेका प्रतिनिधिसभा सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको पद समाप्तिपछि निर्वाचन आयोगमा अन्यौल छ । त्यसमाथि माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा (बादल) र अर्घाखाँचीका चन्द्रबहादुर खड्कामाथि पनि त्यस्तै कारवाही गर्‍यो भने ३५ दिनभित्र देशभरका गाउँ र नगरपालिका प्रमुख, उपप्रमुखले ताँती लागेर उनको ठाउँमा निर्वाचन गराइसक्नुपर्छ ।

निर्वाचन कानुनमा, प्रतिनिधिसभा सदस्य पद रिक्त भए ६ महिनाभित्र पदपूर्ति हुनुपर्ने व्यवस्था छ । प्रत्यक्ष निर्वाचित सांसद भए सोही विधिबाट र समानुपातिकतर्फको पद रिक्त भए शुरु निर्वाचनमा पेश भएको समानुपातिक सूचीभित्रका उम्मेदवार छनौट गर्नुपर्छ । तर, माओवादी केन्द्रले अहिलेसम्म रामबहादुर थापाको पद समाप्तिको सूचना दिएको छैन ।

दिइहाल्यो भने सरकारले निर्वाचन आयोगसँग परामर्श गर्दै ३५ दिनभित्र पदपूर्ति हुने गरी निर्वाचन गराउनुपर्छ । चुनाव हुनु १५ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसक्नुपर्छ । तर, न सरकारले यसबारे अहिलेसम्म आयोगसँग परामर्श गरेको छ न माओवादी केन्द्रले नै बादललाई फिर्ता गराएको छ ।

यदि सरकारले निर्वाचन गराउन सकिने, नसकिनेबारे सोध्यो भने आयोगले ‘सक्दिनँ’ भन्न मिल्दैन । आयोगस्रोतका अनुसार, यदि सरकारले परामर्शका लागि बोलाएमा दुई महिनाभित्र उपचुनाव गराउन सकिने बताउने भएको छ । अर्थात्, चैत २६ गते रिक्त सांसदहरुको निर्वाचन क्षेत्रमा जेठ २६ भित्र चुनाव गराउन सक्ने जवाफ सरकारलाई आयोगले दिन चाहेको छ तर सरकारकै टुंगो नहुँदा अन्यौल छ । यदि मंसिरमा ठूलो मध्यावधि चुनाव गराउने हो भने ६ महिनाका लागि सानो उपचुनाव किन गराउने ?

यदि मंसिरका लागि ‘अर्ली इलेक्सन’ मा सहमति नभएर अहिले नै उपचुनाव गराउनुपर्ने भयो भने रौतहट, अर्घाखाँची र कैलालीका सबै वालिग मतदाता मतदानका लागि योग्य हुन्छन् । यदि उपचुनाव भयो भने प्रतिनिधिसभाका लागि मात्रै हुँदैन, रिक्त २ नम्बर प्रदेश, लुम्बिनी र कर्णालीको गरी छ ठाउँका लागि हुन्छ ।

त्यसो गर्दा पछिल्लो जनमतको परीक्षण हुने र एमालेलाई कति क्षति पुगेको छ भन्ने विवरण पनि त्यहीँबाट आउने अवस्था छ । यस्तो उपचुनावमा माओवादीबाट दलबलका कारण उसैले आफ्नो भाग पाउने भन्ने हुँदैन । काँग्रेस, एमाले वा अन्य जुनसुकै पार्टीले बाजी मार्ने स्थिति रहन्छ । 

आजकाे जनआस्थासाप्ताहिक समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक