३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली क्रिकेट टोलीको घोषणा

१ बैशाख २०७८, बुधबार ०८:२२

बैशाख १, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । 

छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् । 

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । 

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड भोलिदेखि

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिनुभयो । 

तेक्वान्दो भोलि बिहीबार डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को हलमा खेलाइने छ । छात्र÷छात्रामा तीन÷तीन गरी छ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । छात्रमा ४५ केजी, ४८ केजी र ५१ केजी तौल समूहमा खेल हुनेछ । त्यस्तै छात्रामा ४२ केजी, ४४ केजी र ४६ केजीमा भिडन्त हुनेछ । विभिन्न २० विद्यालयका १२० खेलाडीको सहभागिता रहने छ ।

त्यसैगरी एथलेटिक्स शुक्रबार मूलपानीमा हुनेछ । छात्र÷छात्रा गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । छात्र÷छात्रा दुवैमा एक सय, दुई सय, चार सय, आठ सय र एक हजार पाँच सय मिटर दौड तथा चार गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । उक्त स्पर्धामा विभिन्न २० विद्यालयका १५० खेलाडीको सहभागिता रहने छ ।

तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु दुई हजार, रु एक हजार र रु ५०० पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगिता काठमाडौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोटका रुपमा समेत रहेको छ । स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडी जिल्लास्तरीय प्रतियोगितालाई छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट