२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कडाइ भएपछि विदेश जान भारतीय नागरिक नेपालमा

१ बैशाख २०७८, बुधबार ०९:०१

बैशाख १, काठमाडौँ । तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको छ ।

दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्ने र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेको थियो । ‘एडभाइजरी हामीले वेबसाइटमा हाल्यौं, तर धेरै मान्छे नबोलाइकनै आइरहेका छन्, एडभाइजरीको पालना भएको देखिन्न,’ दूतावासका प्रवक्ता नवीन कुमारले भने, ‘एक दिनमा ५० जना आउनुपर्ने हो । तर तीनदेखि चार सयसम्म आइरहेका छन् । यसले गर्दा भीड बढेको हो ।’ प्रवक्ता कुमारले एनओसी लिने भारतीय बढे पनि उनीहरू भारतबाट नेपाल हुँदै अन्य मुलुकमा उड्नका लागि नै हो भन्न नमिल्ने बताए । ‘नेपालमै रहेका धेरै भारतीय पनि विदेश जान खोजेका हुन सक्छन्,’ उनले भने ।

कोभिड–१९ को बढ्दो संक्रमणका कारण भारतबाट विदेश उड्न केही भिसालाई अस्थायी रूपमा रोक लगाएको, केहीमा प्रक्रिया लामो भएको र संक्रमणकै कारण अन्य मुलुकमा गएपछि प्रक्रिया झन्झटिलो बन्न सक्ने भएकाले भारतीयले नेपालको बाटो रोजेको जानकार बताउँछन् । खुला सिमाना भएका कारण पनि उनीहरूलाई नेपाल आउन सहज भएको हो । कर्णाली प्रदेशबाहेक बाँकी ६ प्रदेशसँग नेपालको सीमा जोडिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेमा भारतीयको संख्या बढेको अध्यागमन विभागले पनि आकलन गरेको छ । 

तर कोभिड–१९ कै कारण संख्या बढेको हो भन्ने विभागले ठहर गरेको छैन । अध्यागमनका महानिर्देशक रमेश केसीका अनुसार भारतमा पछिल्लो समय कोभिड–१९ संक्रमण बढेपछि भारतको अध्यागमनमा केही कडाइ गरिएको छ । ‘त्यसपछि नेपालको बाटो हुँदै अन्य मुलुकमा उड्ने भारतीयको संख्या बढेको देख्न सकिन्छ,’ उनले भने । अप्रिलबाट नेपालको बाटो हुँदै तेस्रो देश उड्ने भारतीयहरूको संख्या बढेको उनको भनाइ छ । ‘नियमितभन्दा बढी भारतीय विदेश उडेका छन्, तर उनीहरूलाई नेपालस्थित भारतीय दूतावासले जारी गरेको एनओसी पत्रका आधारमा मात्र उड्न दिइन्छ,’ उनले भने, ‘भारतीय बाटो हुँदै नेपाली उड्नुपरे पनि दिल्लीस्थित नेपाली दूतावासको एनओसी चाहिन्छ ।’ उनका अनुसार नेपालबाट वा भारतबाट पहिलो पटक अर्को मुलुकमा उड्दा एनओसी अनिवार्य रूपमा चाहिन्छ ।-यो खबर आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै