११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

३ बैशाख २०७८, शुक्रबार ०६:४९

वैशाख ३, सोल। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँ यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री हुनुहुन्थ्यो ।

सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । शुक्रबार उहाँले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो । उहाँको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । समाचारमा जनाइएअनुसार उहाँलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ । यदि उहाँ संसदीय सुनुवाईबाट अनुमोदन हुनुभएको भने वर्तमान मुन सरकारको उहाँ तेस्रो प्रधानमन्त्री हुनुहुने पनि बताइएको छ । 

वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो । नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उहाँले अरु पनि पाँच जना मन्त्रीलाई बर्खास्त गरेर अरु नयाँ पाँच जना मन्त्री राख्नुभएको बताइएको छ ।  यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्यहरु राख्नुभएको बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी