2026-07-25 12:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ

वैशाख ७, बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” (बिआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताउनु भएको छ ।

बोआओ मञ्चको वार्षिक शिखर बैठकको उदघाटन समारोहमा भिडियो कन्फरेन्स मार्फत मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सबै देशका जनताको जीवन र स्वास्थ्य सुरक्षित गर्नका लागि सङ्क्रामक रोग नियन्त्रण, जनस्वास्थ्य, परम्परागत औषधि र अन्य क्षेत्रमा विभिन्न पक्षसँग स्वास्थ्य साझेदारीका कार्यलाई थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, चीनले सम्पर्क सञ्जालका लागि सुदृढ साझेदारी निर्माण गर्नेछ, एवं “हार्ड” र “सफ्ट” जस्ता सबै किसिमका पूर्वाधार निर्माणलाई प्रबद्र्धन गर्न सबैसँग मिलेर कार्य गर्न चीन तत्पर छ । उहाँले स्वच्छ विकासका लागि चीनले अझ निकट साझेदारी निर्माण गर्ने बताउँदै अन्य मुलुकलाई पनि हरित पूर्वाधार, हरित ऊर्जा र हरित वित्तका क्षेत्रमा पारस्परिक सहयोगलाई थप सुदृढ गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति सी ले बिआरआई अन्तर्राष्ट्रिय हरित विकास साझेदारीलाई थप सुधार गर्न आग्रह पनि गर्नुभयो । उहाँले बेल्ट एन्ड रोड (बिआरआई) लाई गरिबी निवारण र वृद्धिका लागि एउटा अवसरका रुपमा उपयोग गर्न पनि सबै इच्छुक साझेदार मुलुकहरुलाई आह्वान गर्नुभयो ।

सन् २०३० सम्ममा बिआरआई परियोजनाले करिब ७६ लाख मानिसलाई चरम गरिबीबाट मुक्त गर्ने तथा तीन करोड २० लाख मानिसलाई मध्यम किसिमको गरिबीबाट माथि उकास्ने छ, विश्व बैंकको प्रतिवेदन उद्धृत गर्दै राष्ट्रपति सी ले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी खुलापन र समावेशी सिद्धान्तलाई अंगाल्ने छौं, बिआरआईलाई गरिबी निवारण र आर्थिक वृद्धिका निम्ति इच्छुक मुलुकसँग मिलेर कार्य गर्न चीन प्रतिबद्ध छ ।”सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक