२० कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार समर्थनबारे माओवादी अनिर्णीत, भोलि पुनः बैठक बस्ने

७ बैशाख २०७८, मंगलवार १२:४८

वैशाख ७, काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै वर्तमान सरकारको विपक्षमा रहेको नेकपा (माओवादी केन्द्र) सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुङ्गोमा पुग्न सकेको छैन । माओवादीका नेताले मौखिकरूपमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफूहरूको समर्थन नरहेको जिकिर गरिरहे पनि उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सङ्घीय संसद्लाई पठाएको छैन । 

वैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ता लिन अलमल गरिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग बारम्बार द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि उक्त छलफलले आकार लिन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्य समितिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ भने जनता समाजवादी पार्टीले आफूलाई स्पष्ट पार्न सकेको छैन । 

सरकारलाई दिएको समर्थनलगायत कार्यसूचीमा छलफल गर्न आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठक उक्त विषयमा निष्कर्षमा पुग्न सकेन । सोही विषयमा छलफल गर्न बुधबार माओवादीको स्थायी समिति बैठक पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारलाई दिएको समर्थनबारे छिट्टै निर्णय लिइने बताउँदै आएका प्रवक्ता श्रेष्ठ वर्तमान सरकारलाई पार्टीको समर्थन नरहेको र औपचारिक रूपमा फिर्ता लिन मात्रै बाँकी रहेको जिकिर गरे । 

“यो सरकारलाई हाम्रो समर्थन छैन, हाम्रो गतिविधिले पनि त्यो देखाइरहेको छ”, बैठकपछि सञ्चारकर्मीसँग उनले भने, “औपचारिकरूपमा समर्थन नरहेको लेखेर दिन मात्र बाँकी छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘सरकारलाई सहयोग नगर्ने हो भने समर्थन फिर्ता लिन’ माओवादी केन्द्रलाई सार्वजनिकरूपमै आह्वान गरीरहेका छन् । 

माओवादीले संसद् विघटनविरुद्ध एक ठाउँमा उभिएका विभिन्न राजनीतिक दलको सहभागितामा नयाँ सरकार बनाउने विषयलाई निष्कर्षमा पु¥याउने निर्णयसमेत गरेको छ । “वर्तमान सरकारलाई हटाएर प्रतिगमनविरुद्ध सङ्घर्ष गर्ने, संविधान र लोकतन्त्र पक्षधर शक्तिको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्तालाई तीव्ररूपमा अगाडि बढाउने र छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ”, प्रवक्ता श्रेष्ठले भने

 । माओवादीले सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य गरिनु दुःखद् भएको जनाएको छ । उनले भने, “संसद् बैठकको मिति र समय निश्चित भएको तथा अधिवेशनलाई प्रभावकारी बनाउनुपर्ने अवस्थामा सरकारले संसद् अधिवेशन अन्त्य गर्ने काम ग¥यो । यो कदमलाई पार्टीले विरोध गरेको छ ।” बैठकमा केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभिन्न कार्य क्षेत्रमा रहेका स्थायी समिति सदस्यले ‘रिपोर्टिङ’ गरेका थिए । 

कोभिड नियन्त्रणमा समन्वय गर्न निर्देशन

माओवादीले मुलुकमा कोरोना भाइरसको दोस्रो लहर देखिन थालेको भन्दै नियन्त्रणका लागि उचित निर्णय लिन सरकारलाई आग्रह गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि जनसमुदायमा सचेतना जगाउँदै महामारी नियन्त्रणमा सहयोग र समन्वय गर्न पनि पार्टी पंक्तिलाई निर्देशित गरेको प्रवक्ता श्रेष्ठले बताए । 

कोरोना भाइरस फैलन नदिन विभिन्न आदेश जारी गरेको भए पनि सरकार आफँैले त्यसको उल्लङ्घन गरेको आरोप पनि माओवादीले लगाएको छ । “कोभिड नियन्त्रणका लागि ल्याएको आदेश सरकार आफैँले उल्लङ्घन गरेको छ”, उनले भने, “सङ्क्रममणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भीर नभएकामा बैठकले दुःख व्यक्त गरेको छ ।” माओवादीले आफँैले बनाएको आचरणको पालना गर्न सरकारलाई आह्वान गरेको छ । स्थायी कमिटी बैठक भोलि अपराह्न पुनः १ बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज एकैदिन २ हजार ८ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलट र को-पाइलटले जोगाए ज्यान पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको छ: अर्थविद् डा. न्यौपाने इन्टरपोलको रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्की प्रहरी निगरानीमा रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ? बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ कति कमाए ३ दिनमा ? रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै, म्याद थपअघि पोखरामा सशक्त आन्दोलन गर्ने रास्वपाको तयारी दीपिका र रणवीरले राखे छोरीको नाम काठमाडौंमा हल्कादेखि मध्यम वर्षा, भोलिबाट मौसममा सुधार देखिने विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीमा भाईटिका ग्रहण गर्दै (हेर्नुहोस् फोटो/भिडियो) वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास सम्बन्धि कार्यक्रममा सहभागी हुन इजिप्ट प्रस्थान विश्वकप लिग–टू: नेपाल अमेरिकासँग अलआउट, नेपाल ३७ रनले पराजित आज भाइटीका: उत्तम साइत बिहान ११ः३७ बजे यस्तो छ आजको मौसम पूर्वानुमान: बिभिन्न प्रदेशमा वर्षाको सम्भावना नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा