2026-08-19 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ कति कमाए ३ दिनमा ?

काठमाडौं । बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा प्रवेश गरेका छन् । दुवै फिल्म रिलिजको तेस्रो दिनमा सय करोड क्लबमा प्रवेश गरेका हुन् ।

शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन शानदार कमाई गरेका थिए । तीन दिनमा अजय देवगनको फिल्म सिंघम अगेनले १२१ करोड कमाएको छ ।

यस फिल्मले पहिलो दिन ४३.५ करोड कमाएको थियो भने दोस्रो दिन ४२.५ र तेस्रो दिन आइतबार ३५ करोड कमाएको छ ।

३५० करोडको लागतमा बनेको यो फिल्मलाई नाफा कमाउन मुश्किल हुने विश्लेषण गरिएको छ । फिल्मको पहिलो दिनको तुलानामा कमाई घट्दै गएकाले यस्तो विश्लेषण गरिएको बताइएको छ ।

त्यस्तै कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया ३ ले तीन दिनमा १०६ करोड कमाएको छ । यस फिल्मले पहिलो दिन ३५.५ करोड कमाई गरेको थियो भने दोस्रो दिन ३७ करोड र तेस्रो दिन ३३.५ करोड कमाएको थियो । १५० करोडको लगानीमा बनेको यो फिल्म कार्तिक आर्यनको अहिलेसम्मकै ब्लकबस्टर बन्ने देखिएको छ ।

सिंघम अगेन निर्देशक रोहित शेट्टीको सफल फ्रेन्चाइज हो भने भुल भुलैया ३ अनिस बज्मीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह