2026-09-20 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको छ: अर्थविद् डा. न्यौपाने

काठमाडौं । अर्थविद् एवं राजनीतिक विश्लेषक डा.गोपिलाल न्यौपानेले नेपालमा राजनीतिक परिवर्तन भएपनि व्यवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारलाई सम्वोधन गर्दै उनले पञ्चायतकाल, बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दा अर्थ–व्यवस्थाको चरित्र भने उस्तै रहेको बताएका हुन् ।
उनले नियन्त्रित अर्थतन्त्रले देशको विकास हुनै नसक्ने दाबी गरे ।

‘हामीले राजनीतिक परिवर्तन चाहीँ गर्यौं । तर, आर्थिक परिवर्तन गर्न सकेनौं । मान्छेको जीवनमा हामीले परिवर्तन गर्न सकेनौं । हामीले व्यवस्था चाहीँ त्यही राखिरह्यौं, अर्थतन्त्र चाहीँ हामीले त्यही नियन्त्रित अर्थतन्त्र राखिराख्यौं,’– अर्थविद् डा. न्यौपानेले भने ।

साथै, वर्तमान अर्थव्यवस्थाको चरित्रले भ्रष्टाचार नियन्त्रण हुनै नसक्ने उनको दाबी छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपाल फ्रि एण्ड ओपन कम्पिटेटिभ मार्केट इकोनामीमा जानुपर्ने, करको दर घटाउनुपर्ने, सरकारको साइज र कर्मचारीतन्त्रलाई सानो बनाउनुपर्ने उनको सुझाव छ । राज्यले निर्माण गरेको पब्लिक पोलिसीको खराबीका कारण अहिले जनताले दुःख पाइरहेको उनको भनाइ छ ।

फरक प्रसंगमा अर्थविद् न्यौपानेले नेपाल पञ्चायत कालदेखि अहिलेसम्म भूमिगत गिरोहबाट सञ्चालित भइरहेको टिप्पणी गरे । उनले अहिले निर्वाचित जनप्रतिनिधिहरू बुख्याँचाजस्तै रहेको र देश ‘डीप–स्टेट’ बाट चलिरहेको बताए ।
‘नेपाल ‘डीप स्टेट’ बाट चलेको देश हो । हिजो पञ्चायतकाल पनि डीप स्टेटले चलायो । बुहदलीय काल पनि डीप स्टेटले चलायो र आज पनि डीप स्टेटले सञ्चालन गरेको देश हो । निर्वाचित प्रतिनिधि त बुख्याचामात्रै हुन् । ती कानुनी प्रतिनिधिमात्रै हुन् । तिनले यो देश चलाएको छैन । म सूर्यबहादुर थापालाई सम्झन्छुु । सूर्यबहादुर थापाले एकचोटी भन्नुभएको थियो– भूमिगत गिरोह भनेर,’ अर्थविद् न्यौपानेले भने, ‘ठ्याक्कै त्यही शब्द गिरिजाप्रसाद कोइरालाले पनि प्रयोग गर्नुभएको छ । अहिलेका नेतासँग चाहीँ त्यो हिम्मत छैन, भन्दैनन् । त्यसैले नेपाल डीप स्टेटबाट गाइडेड भइरह्यो र हामीले त्यसलाई डिकन्स्ट्रक्सन गर्दैनौं, जबसम्म त्यसको नेटवर्कलाई समाप्त गर्दैनौं तबसम्म यो देशमा समस्या भइरहन्छ ।’

यस्तै ,काठमाडौं, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले नेपालको लागि संसदीय व्यवस्था नै अभिश्राप बनेको बताएका हुन् । संसदीय व्यवस्था अन्त्य नभएसम्म पार्टी, नेता र व्यक्ति परिवर्तन गरेर कुनै फरक नपर्ने बताए । २००७ सालदेखि नेपाल संसदीय व्यवस्थाको अभिश्रापबाट बाहिर निस्कन नसकेको उनको भनाई छ ।

‘यो संसदीय व्यवस्था भ्रष्टाचारको लागि र भ्रष्टाचार संसदीय व्यवस्थाको लागि नै हो । यही हो हाम्रो जड, यो व्यवस्था नफ्याँकेसम्म व्यक्ति, पार्टी, नेता परिवर्तन गरेर केही फरक हुनेवाला छैन । किनभने आज भ्रष्टाचारको पैसाबाट जित्छन्, संसद्मा पुग्छन्, संसद्बाट अर्को भ्रष्टलाई मन्त्री बनाउँछन् । प्रधानमन्त्री पनि भ्रष्ट, मन्त्री पनि भ्रष्ट । यो साइकलबाट हामी निस्किन सकिरहेका छैनौं । यसलाई खत्तम नपारी कुनै हालतमा भ्रष्टाचार अन्त्य हुनसक्दैन,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो