२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

२०७८, ८ बैशाख बुधबार १०:४४

वैशाख ८, काठमाडौँ । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो । 

विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा सहजरुपमा सेवा प्रवाह गर्न विभागले एकपटकमा २५ जना सेवाग्राहीलाई सङ्केत नम्बरसहितको फाराम वितरण गरी त्यसैअनुसार उनीहरूलाई प्रमाणीकरणका निम्ति अनुमति दिने व्यवस्था मिलाइएको विभागका निर्देशक धनबहादुर ओलीले बताउनुभयो ।

यही वैशाख १२ गतेदेखि प्रमाणीकरणको समय बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म निर्धारण गरिएको छ । सङ्केत नम्बर पाएका सेवाग्राहीलाई आफ्नो नम्बरअनुसार विभागमा उपस्थित हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सेवाग्राहीलाई सङ्केत नम्बर हरेक दिन बिहान ८ देखि २ बजेसम्म उपलब्ध गराइनेछ । 

नेपाल प्रहरीबाट जारी हुने प्रहरी प्रतिवेदन बिना प्रमाणीकरण पेश गर्न सकिने व्यवस्था विभागले गत जेठ १८ गते काठमाडौँस्थित विदेशी नियोगहरूलाई पत्राचार गरेर मिलाइसकेकाले प्रतिवेदन प्रमाणीकरणका निम्ति विभागमा आवेदन गर्नुनपर्ने तर उक्त प्रतिवेदन निवेदक स्वयंले ‘अनलाइन’ बाटै रङ्गीनप्रति छापेर नियोगमा बुझाउनुपर्ने निर्देशक ओलीले बताउनुभयो । 

सेवाग्राहीले वैदेशिक रोजगारीमा जानका निम्ति प्रहरी प्रतिवेदन प्रमाणीकरण गराउनुपर्ने भएमा सम्बन्धित वैदेशिक रोजगार व्यवसायीमार्फत पठाउन सकिने प्रबन्ध गरिएकाले विभागले अतिआवश्यक भएमा मात्र स्वयं विभागमा उपस्थित भई दस्तावेज प्रमाणित गराउन आग्रह गरेको छ । 

विदेशस्थित नेपाली नियोगमा प्रहरी प्रतिवेदन पेश गर्दा विभागबाट प्रमाणीकरण गर्नुनपर्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प