१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी बैठक : समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई

८ बैशाख २०७८, बुधबार ११:१७

वैशाख ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले निर्णय गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “जुन छिट्टै हुनेछ ।”

माओवादीले प्रतिनिधिसभा विघटन गरेसँगै वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहने बताउँदै आएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय संघीय संसद् सचिवालयलाई दिएको छैन । वैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ताको निर्णयमा पुग्न सकेको छैन ।  

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच बारम्बार द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि त्यसले आकार लिन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्यसमितिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ भने जसपाले पनि यसबारेमा स्पष्ट निर्णय लिइसकेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘सरकारलाई सहयोग नगर्ने हो भने समर्थन फिर्ता लिन’ माओवादी केन्द्रलाई सार्वजनिकरूपमै आह्वान गर्नुभएको छ । माओवादीले संसद् विघटनविरुद्ध एक ठाउँमा उभिएका विभिन्न राजनीतिक दलको सहभागितामा नयाँ सरकार बनाउने गरी छलफललाई तीव्रता दिएको छ । 

आजको बैठकले पार्टी सङ्गठन र भ्रातृ संगठनमा शुद्धीकरणको अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले केही दिनभित्र राजनीतिक प्रतिवेदन तयार गरी स्थायी समितिमा प्रस्तुत गर्ने र स्थायी समिति बैठकले त्यसलाई केन्द्रीय समितिको बैठकका निम्ति प्रस्तावका रुपमा लैजाने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले कोभिड–१९ को प्रकोपबाट सुरक्षित रहन आम जनसमुदायलाई अपिल गर्ने निर्णय गरेको छ । पार्टीको सम्पूर्ण कमिटी र पंक्तिलाई कोभिड–१९ विरुद्धको जनचेतना र जागरणको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी