२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु

९ बैशाख २०७८, बिहीबार १६:००

 वैशाख ९, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सङक्रमित दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित बझाङ जिल्लाका ४८ वर्षीय पुरुष र अछाम जिल्लाका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

मृतक दुवै जनाको एन्टिजेन परीक्षण गर्दा कारोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । निर्देशनालयको तथ्याङ्कका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लाका गरी थप ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

विभिन्न अस्पतालको सघन उपचार कक्षमा १० जना र तीन जनाको भेन्टिलेटरमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । प्रदेशमा कोभिड–१९ का ३७८ जना सक्रिय बिरामीमध्ये ७५ जना विभिन्न अस्पतालका आइसोलेशनमा र अन्य सक्रिय सङ्क्रमित स्थानीय तहका आइसोलेशनमा रहेका छन् । 

भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि यो रोगको सङ्क्रमणदर पछिल्ला दिनमा उकालो लागेको छ । भारतबाट फर्किनेमा यो रोगको सङ्क्रमण बढी देखिएको जनाइएको छ ।

 नेपाल फर्किनेमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन सीमा क्षेत्रका ‘हेल्थ डेस्क’ मार्फत एन्टिजेन परीक्षण गर्ने कार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लालाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ