१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

१२ बैशाख २०७८, आईतवार १६:०३

वैशाख १२, काठमाडौँ | नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदलाई पदमुक्त गर्न पत्र दर्ता गरेको छ । एमाले दलका नेता यामलाल कँडेलले आज प्रदेशसभा सचिवालयमा ती सांसदलाई पदमुक्त गर्ने व्यहोराको पत्र पठाउनुभएको हो । 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सचिवालयमा पत्र दर्ता भइसकेको जानकारी दिनुभयो । एमालेले यसअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख ३ गते प्रदेशसभामा विश्वासको मतउपर मतदान भएको थियो । उक्त मतदानमा पार्टीको निर्णय/निर्देशन (ह्वीप) विपरीत एमालेका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएका थिए । 

शुक्रबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले प्रदेशसभामा ‘फ्लोर क्रस’ गर्ने सल्यान १ (ख) का प्रकाश ज्वाला, दैलेख १ (ख) का अम्मरबहादुर थापा, कालीकोट १ (क) का  कुर्मराज शाही र डोल्पा १ (क) का नन्दसिं बुढालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले प्रदेशसभा सदस्य, दलको जिम्मेवारीका साथै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्रमा भनिएको छ, “निज सांसदहरूको गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधिबाट लोकतन्त्र र दलीय पद्धतिमाथि आँच आउने ठहर गर्दै प्रदेशसभा दल र पार्टी प्रदेश कमिटीको सिफारिसका आधारमा कारबाही गरिएको छ ।” 

मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गर्नेमध्ये थापा, शाही र बुढालाई मन्त्री पदमा नियुक्त गरिसक्नुभएको छ । सरकारमा थापा भौतिक पूर्वाधार विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ ।  

प्रदेशसभा सचिवालयले अबको १५ दिनभित्र उनीहरुलाई सांसद पदबाट हटाएको जानकारी प्रदेशसभालाई गराउनुपर्नेछ । सो सूचनालगत्तै ती सांसद स्वतः पदमुक्त हुनेछन् ।  एमालेले आफ्ना चार सांसदको पदमुक्त गरेसँगै कर्णाली प्रदेशसभा अब ३५ सदस्यीय हुनेछ । यसअघि दल त्याग गरेको भन्दै माओवादी केन्द्रले सांसद धर्मराज रेग्मीलाई पदमुक्त गरेको थियो । रेग्मी हाल एमालेको केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक