२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबार टेकु अस्पतालमा जे देखियो….

१३ बैशाख २०७८, सोमबार ०१:२७

वैशाख १३, काठमाडौँ | 

समय : बिहान ११ : १५ बजे, आइतबार

स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको सहायतामा आइतबार टेकु अस्पताल पुगे । अपराह्न १२ बजे अस्पताल पुगेका पराजुलीलाई आकस्मिक कक्षमा राखियो । तर, उनलाई राख्नका लागि टेकु अस्पतालमा भेन्टिलेटर ‘प्याक’ थियो । उनका आफन्त अत्तालिँदै भेन्टिलेटरको खोजी गरिररहे तर पाएनन् ।

कहाँ लैजाने कसरी लैजाने भनेर छटपटिरहेका थिए । भेन्टिलेटरमा राख्नुपर्ने भएकाले आफन्त एम्बुलेन्सको खोजीमा लागे । धन्न चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालमा भेन्टिलेटर खाली रहेछ । तर, एम्बुलेन्स चार बजेसम्म पनि आइपुगेन । आफन्त निकै अत्तालिएका थिए । अन्तत: बा१७च २५६३ नम्बरको एम्बुलेन्स बिरामी लिन आइपुग्यो । चार घण्टाको बिरामी र आफन्तको रोदनले त्यहाँको वातावरण निकै भावु्क बन्न पुगेको थियो ।

टेकु अस्पतालमा दैनिकजसो नै भेन्टिलेटरको खोजीमा बिरामीको भिँड लाग्ने गर्छ । तर, अस्पतालमा भएको भेन्टिलेटर खचाखच भएपछि बिरामी र उनीहरूका आफन्त अन्यत्र जान बाध्य हुने गरेका छन् ।

अहिले कोभिड–१९ को उपचार हुने मुख्य केन्द्र मानिएको टेकु अस्पतालमा मात्र होइन, देशभरका अधिकांश निजी र सरकारी अस्पतालमा भेन्टिलेटर पाउन हम्मेहम्मे हुन थालेको छ ।


टेकु अस्पताल पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘सास फेर्न गाह्रो भइरहेको छ बिरामीलाई । भेन्टिलेटर नै छैन भनेर भन्नुभयो । कहाँ लैजाने कसो गर्ने तनावमा छौं, यस्तो संकट त कसैलाई पनि नपरोस् ।’

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल १० जना भेन्टिलेटरमा, नौ जना आईसीयू र ४७ जना आइसोलेसनमा उपचाररत छन् । देशभर हाल ३ सय १७ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत २ सय ५२ जना आईसीयू र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् । 

- यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह