२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तयार भयो रसुवा रङ्गशाला

१८ बैशाख २०७८, शनिबार १०:०६

ज्ञानेन्द्र न्यौपाने। वैशाख १८, रसुवा । युवालाई  नियमित खेलकूदका अभ्यासमा सहज पार्ने ध्येयले धुञ्चेमा आकर्षक  रसुवा रङ्गशाला निर्माण भएको छ ।  प्रदेश तथा स्थानीय सरकारको   संयुक्त रु एक करोड   लगानीमा  सो खेल मैदान तयार भएको हो । 

खेलमैदान बनेपछि अहिले फुटबलमा थप आकर्षण बढ्न थालेको छ । फुटबल मैदान लगायतका संरचना तयार गर्न  वाग्मती  प्रदेश सरकारले रू ६५ लाख अनुदान र गोसाइँकुण्ड गाउँपालिकाले रू ३५ लाख  खर्च गरेका थिए  ।

यही वैशाख १ गते वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले  उक्त रङ्गशालाको विधिवत् शुभारम्भ गर्नुभएको थियो । नयाँ खेल मैदानबाट युवा विद्यार्थीले फुटबल खेललाई निरन्तरता दिन थालेको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

फुटवल मैदानको व्यवस्थापनले  खेलको साथै ठुलाखाले सभा सम्मेलन जस्ता कार्य सम्पन्न गराउन समेत सहज भएको छ । खेलमैदानको आकार ६२ फिट लम्वाई र ४२ फिट चौढाई भएको मैदान एवं दक्षिण तर्फको भागमा पाँच सय भन्दा बढी क्षमताको दर्शक बस्ने स्थल समेत निर्माण गरिएको गोसाइँकुण्ड –६ का वडाध्यक्ष दावासिदार तामाङले जानकारी दिनुभयो ।

विसं २०४२ मा फुटबल तथा (हेलिकप्टर बसाल्ने) हेलिप्याड नामाकरण दिइ  सानो आकारमा निर्माण गरेको मैदानलाई  सो गाउँपालिकाले व्यवस्थित रूपले स्तरोन्नति र सिमेन्टको टेवापर्खाल  सहितको संरचना निर्माण  गरी रङ्गशाला तयार गरेको हो ।

 सुधार सहित नयाँ तरिकाबाट निर्माण गरेको फुटबल  मैदानमा खेलिरहेको बल सुरक्षित पार्न १५ फिट अग्लो फलामे तारबार लगाइएको छ ।  सोही कारण हेलिकप्टर अवतरणका लागि भने केही असहज हुने महशुस गर्दै  गाउँपालिकाले हेलिकप्टर अवतरणको लागि अन्यत्र व्यवस्थापन गर्न लागेको  छ । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले हेलिकप्टर अवतरणका अन्यत्र व्यवस्थापन गर्ने जानकारी  दिनुभयो ।

यसैगरि  भलिबल खेलका लागि भने धुञ्चे स्थित बालमन्दिर प्राङ्गणलाई व्यवस्थित गरिएको छ । तारवार सहितको  सो   खेल मैदानलाई छात्र÷छात्राले    नियमित अभ्यासमा उपयोग गर्दै आएका छन् ।  फुटवल मैदानमा जस्तै  भलिवल मैदानमा पनि दर्शक बस्ने स्थल र घेरावार समेत निर्माण गरिएको छ ।

भिरालो जमिनमा खेल खेलाउदा खेलाडीले हानेको बल निकै तलसम्म पुग्ने समस्या पार गर्दै अबका दिनमा जिल्ला स्तरबाट खेलाइने सवै प्रकारका खेल कार्य सम्पन्न गराउन दुई वटा मैदानबाट सहज  वातावरण सिर्जना भएको गाउँपालिकाले जनाएको छ ।

छब्बिसौं वन्यजन्तु सप्ताह अन्तर्गत  गाउँपालिकाले यही वैशाख  १ गतेदेखि ४  गतेसम्म सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगिता समेत सम्पन्न गरिएको थियो ।  सो  खेलमा जिल्ला भरका १७  समुहले भाग लिएका कार्यक्रमका संयोजक तेम्वा जिएले जानकारी दिनुभयो । यस्तै    गाउँ गाउँमा खेलको जागरण बढ्दै गएपनि धुञ्चेको रंङ्गशाला जस्तै  अधिकांश स्थानमा व्यवस्थित खेलमैदानको  आवश्यकता महशुस हुन थालेको छ । 

कम्पाउण्डभित्र  सानो तिनो मैदान तयार गरी विद्यालयले  आफ्ना छात्र÷छात्रालाई  खेलमा जागरण गराई रहेपनि भिरालो जमिनका कारण बल अनियन्त्रित हुने समस्या बढ्दो रहेको शिक्षकले बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भटृले खेलकुदमा विद्यार्थीको अभिरूचि बढ्दै गएको बताउनुभयो । उहाँले भलिबल , फुटबल , दौड , हाइजम  जस्ता बिबिध  खेलकुदको विकास र विस्तार गर्न व्यवस्थित मैदानका लागि आफुले सबै गाउँपालिकासँग समन्वयकारी भूमिका निर्वाह गरि रहेको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ