२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गठनमा ‘सरप्राइज’ दिने काँग्रेसको रणनीति

२७ बैशाख २०७८, सोमबार ०३:१९

वैशाख २७, काठमाडौँ | प्रमुख प्रतिपक्षी काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।

कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भने प्रतीक्षामा राख्दै अघि बढिरहेको छ । यसपटक कांग्रेस सरकार गठनमा ‘सरप्राइज’ दिनेगरी अघि बढिरहेको कांग्रेस नेताकै आँकलन छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले अब विश्वासको पक्षमा मत पुर्याउने सम्भावना नरहेको औंल्याए । ‘अब प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना छैन । सबै लगभग प्रस्ट छन्, माधव नेपालहरूले के गर्छन् हेरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

कांग्रेसले आफ्नो प्रयासलाई भने आन्तरिक रूपमा तीव्र बनाइरहेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस वैकल्पिक सरकारको पहलमै रहेको बताए । ‘कांग्रेस वैकल्पिक सरकार गठन पहलमा नै छ, पार्टीको बैठकको निर्णय पनि यही हो,’ उनले भने, ‘संसदीय दलको बैठकको निर्णय पनि यही हो, प्रतीक्षा गरौं ।’ माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गोरखामा कांग्रेस सभापति नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका छन् ।

ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने उनको दाबी छ । ‘कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रूपमा अघि बढाउने विपक्षी गठबन्धन तयारी छ, छिट्टै नयाँ सरकार बन्छ,’ श्रेष्ठले भने । संसद्मा काँग्रेसपछिको विपक्षी दल माओवादी केन्द्र नै हो । उसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यो समाचार राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै