Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सरकार गठनमा ‘सरप्राइज’ दिने काँग्रेसको रणनीति

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २७, काठमाडौँ | प्रमुख प्रतिपक्षी काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।

कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भने प्रतीक्षामा राख्दै अघि बढिरहेको छ । यसपटक कांग्रेस सरकार गठनमा ‘सरप्राइज’ दिनेगरी अघि बढिरहेको कांग्रेस नेताकै आँकलन छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले अब विश्वासको पक्षमा मत पुर्याउने सम्भावना नरहेको औंल्याए । ‘अब प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना छैन । सबै लगभग प्रस्ट छन्, माधव नेपालहरूले के गर्छन् हेरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

कांग्रेसले आफ्नो प्रयासलाई भने आन्तरिक रूपमा तीव्र बनाइरहेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस वैकल्पिक सरकारको पहलमै रहेको बताए । ‘कांग्रेस वैकल्पिक सरकार गठन पहलमा नै छ, पार्टीको बैठकको निर्णय पनि यही हो,’ उनले भने, ‘संसदीय दलको बैठकको निर्णय पनि यही हो, प्रतीक्षा गरौं ।’ माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गोरखामा कांग्रेस सभापति नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका छन् ।

ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने उनको दाबी छ । ‘कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रूपमा अघि बढाउने विपक्षी गठबन्धन तयारी छ, छिट्टै नयाँ सरकार बन्छ,’ श्रेष्ठले भने । संसद्मा काँग्रेसपछिको विपक्षी दल माओवादी केन्द्र नै हो । उसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।