२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ टेकु अस्पतालको हालत

२७ बैशाख २०७८, सोमबार ०३:२५

वैशाख २७, काठमाडौँ | भुइँमा कालो म्याट ओछ्याइएको थियो । ५० वर्षीय पुरुष घरी कोल्टे परेर सुत्थे, घरी उठेर अस्पतालको आकस्मिक कक्षबाहिरको पिलरमा अडेस लगाएर बस्थे । उनलाई चिकित्सकले सिलिन्डरबाट अक्सिजन दिइरहेका थिए । उनकी श्रीमती घरी छेउमा गएर पानी खुवाउँथिन्, कहिले मास्क लगाइदिन पुग्थिन् ।

उनको अवस्था बुझ्न चिकित्सक र नर्सहरू बेलाबेला आइरहन्थे । अक्सिजन लेबल नाप्थे । घरमा हुँदा ६५ मा झरेको थियो अक्सिजन लेबल । अस्पतालमा बाहिरै राखेर अक्सिजन दिँदा ९० भन्दा बढी भएको नर्सले जानकारी दिँदा उनकी श्रीमती पुलुक्क श्रीमान्तिर हेर्दै अनुहार उज्यालो बनाउँथिन् । त्यही खबर आफन्तलाई सुनाउँथिन् ।

होम आइसोलेसनमा बसेका उनलाई तीन दिनअघि पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै जाँच गराउन ल्याइएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै चिकित्सकले उनलाई घरमै बस्नु भन्दै फर्काइदिएका थिए । ‘राति ११ बजेदेखि सास फेर्न गाह्रो भयो । घरमै अक्सिजन दियौं । सुधार नभएपछि अस्पताल ल्याउन एम्बुलेन्स खोज्यौं, कतै पाएनौं,’ बिरामीकी श्रीमतीले भनिन्, ‘प्राइभेट गाडीमा घर नजिकैको पाटन अस्पताल पुर्यायौं । राख्ने ठाउँ छैन भनेर फर्काइदियो । अल्कामा गयौं, त्यहाँ पनि अक्सिजन छैन भनेर लिएन । बानेश्वरको सिभिलमा गयौं, त्यहाँ पनि बेड छैन भन्दै फर्कायो ।’

उनले हैरानीका फेहरिस्त सुनाउँदै गइन् । ‘अस्पतालबाहिर पुगेर स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गर्थ्यौं । जतिखेर पनि नजिकको अस्पताल जानुस् भन्थ्यो । टेकुको अवस्था सोध्दा बेड छैन भनेपछि हामी बेड खोज्न वीर, टिचिङ सबै अस्पताल गयौं कसैले राख्न मानेनन्,’ उनले भनिन्, ‘अनि टेकुमै हारगुहार गरेर भए पनि उपचार गरिदिन आग्रह गर्ने भन्दै आयौं । हामी पुग्दा अरूलाई पनि बाहिरै राखेर उपचार भइरहेको रहेछ । बाहिर भए पनि अक्सिजन दिने भएकाले यहीं राख्यौं ।’

आइतबार बिहान ६ बजे आकस्मिक कक्ष बाहिरको भुइँमै बसेर अक्सिजन लिइरहेका उनलाई अपराह्न ४ बजेमात्रै भित्र बेडमा सारिएको थियो । 

- यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै