2026-09-20 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ टेकु अस्पतालको हालत

वैशाख २७, काठमाडौँ | भुइँमा कालो म्याट ओछ्याइएको थियो । ५० वर्षीय पुरुष घरी कोल्टे परेर सुत्थे, घरी उठेर अस्पतालको आकस्मिक कक्षबाहिरको पिलरमा अडेस लगाएर बस्थे । उनलाई चिकित्सकले सिलिन्डरबाट अक्सिजन दिइरहेका थिए । उनकी श्रीमती घरी छेउमा गएर पानी खुवाउँथिन्, कहिले मास्क लगाइदिन पुग्थिन् ।

उनको अवस्था बुझ्न चिकित्सक र नर्सहरू बेलाबेला आइरहन्थे । अक्सिजन लेबल नाप्थे । घरमा हुँदा ६५ मा झरेको थियो अक्सिजन लेबल । अस्पतालमा बाहिरै राखेर अक्सिजन दिँदा ९० भन्दा बढी भएको नर्सले जानकारी दिँदा उनकी श्रीमती पुलुक्क श्रीमान्तिर हेर्दै अनुहार उज्यालो बनाउँथिन् । त्यही खबर आफन्तलाई सुनाउँथिन् ।

होम आइसोलेसनमा बसेका उनलाई तीन दिनअघि पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै जाँच गराउन ल्याइएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै चिकित्सकले उनलाई घरमै बस्नु भन्दै फर्काइदिएका थिए । ‘राति ११ बजेदेखि सास फेर्न गाह्रो भयो । घरमै अक्सिजन दियौं । सुधार नभएपछि अस्पताल ल्याउन एम्बुलेन्स खोज्यौं, कतै पाएनौं,’ बिरामीकी श्रीमतीले भनिन्, ‘प्राइभेट गाडीमा घर नजिकैको पाटन अस्पताल पुर्यायौं । राख्ने ठाउँ छैन भनेर फर्काइदियो । अल्कामा गयौं, त्यहाँ पनि अक्सिजन छैन भनेर लिएन । बानेश्वरको सिभिलमा गयौं, त्यहाँ पनि बेड छैन भन्दै फर्कायो ।’

उनले हैरानीका फेहरिस्त सुनाउँदै गइन् । ‘अस्पतालबाहिर पुगेर स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गर्थ्यौं । जतिखेर पनि नजिकको अस्पताल जानुस् भन्थ्यो । टेकुको अवस्था सोध्दा बेड छैन भनेपछि हामी बेड खोज्न वीर, टिचिङ सबै अस्पताल गयौं कसैले राख्न मानेनन्,’ उनले भनिन्, ‘अनि टेकुमै हारगुहार गरेर भए पनि उपचार गरिदिन आग्रह गर्ने भन्दै आयौं । हामी पुग्दा अरूलाई पनि बाहिरै राखेर उपचार भइरहेको रहेछ । बाहिर भए पनि अक्सिजन दिने भएकाले यहीं राख्यौं ।’

आइतबार बिहान ६ बजे आकस्मिक कक्ष बाहिरको भुइँमै बसेर अक्सिजन लिइरहेका उनलाई अपराह्न ४ बजेमात्रै भित्र बेडमा सारिएको थियो । 

– यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो