२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पताल जान ढिलो गरे जान सक्छ ज्यान

२७ बैशाख २०७८, सोमबार ०३:३०

वैशाख २७, काठमाडौँ | काठमाडौं महाराजगन्जका ३३ वर्षीय भूपाल थापाको घर त्रिवि शिक्षण अस्पतालनजिकै पर्छ। हिँडेर जाँदा पनि उनी केही मिनेटमै यो अस्पताल पुग्न सक्थे। १० दिनअघि उनलाई ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए। दुईचार दिन घरमै हेरौं भन्दै बसे। समस्या बढ्दै गएपछि उनको परिवारले शिक्षण अस्पतालमा भर्नाका लागि खोजी गरे। तर भर्ना पाउन नसकिने जवाफ पाएपछि काठमाडौं मेडिकल कलेज जोरपाटी पुगे।

त्यहाँ पुग्दा थापालाई श्वास फेर्न कठिन भइरहेको थियो। अस्पतालले आइसियु छैन भन्दै जनरल बेडमा राख्यो। फेरि शिक्षण अस्पतालमै आइसियुको खोजी भयो। आइसियु खाली थिएन। उनलाई मेडिकल कलेजको जनरल बेडमा अक्सिजन दिएर राखियो। अस्पताल पुगेको तेस्रो दिन उनको मृत्यु भयो। पारिवारिक स्रोतका अनुसार उनमा कुनै पनि दीर्घरोग थिएन। कोरोना संक्रमणकै कारण उनको मृत्यु भएको आफन्तको दाबी छ। आइतबार वीर अस्पताल ल्याउँदाल्याउँदै कीर्तिपुरका ३८ वर्षीय युवकको मृत्यु भयो। उनलाई होम आइसोलेसनबाट वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। युवक किन ढिला पुगे भन्ने विषयमा जानकारी छैन।  

उनीसहित दिउँसोसम्ममा चारजनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। पाँच दिनयता वीरमा मात्र दैनिक चारपाँच जनाको दरले कोरोना संक्रमितको मृत्यु हुने गरेको छ। शिक्षण अस्पतालका अनुसार आइतवार अस्पताल आइपुगेको केही समयमै ३० वर्षीय युवकको आइसियुमा मृत्यु भयो। उनी पालो पर्खेर आइसियु पुग्ने क्रममा मृत्यु भएको अस्पतालका आइसियु विभाग प्रमुख डा.सुभाष आचार्यले बताए। अस्पतालको अक्सिजन क्षमताभन्दा बढी बिरामी भर्ना भएका छन्। अस्पतालको क्षमताभन्दा १० गुणा बढी खपत हुने कारण सबैलाई अक्सिजन पुग्दैन। त्यसको विकल्प सिलिन्डर र अस्थायी लाइन अक्सिजन व्यवस्थापन गरिएको छ। डा.आचार्यका अनुसार कोभिड आकस्मिक कक्षको ढोकामा जबरजस्ती बसेका बिरामी जो तुरुन्तै अक्सिजन चाहिने अवस्थाका हुन्छन् र वृद्ध पनि हुन्छन्, भनेको बेला अक्सिजन नपाउँदा त्यस्ता बिरामीको मृत्यु हुने गर्छ।  

शुक्रराज सरुवा रोग अस्पतालले पनि क्षमताभन्दा बढी बिरामी आएका कारण अक्सिजन व्यवस्थापन गर्न हम्मे परेको जनाएको छ। अस्पतालका निर्देशक डा.सागर राजभण्डारीका अनुसार अस्पतालको बेड क्षमताभन्दा बढी बिरामी राखेर सिलिन्डरबाट औषधि दिइएको छ। ‘अरू अस्पतालले पन्छाउन खोज्छन्, स्वाँस्वाँ भएर आएका बिरामीलाई फर्काउन सकेनौं’, उनले भने। लिक्विड प्लान्टले आइसियु र भेन्टिलेटरलाई मात्र थाम्ने भएकाले अरू बिरामीलाई अक्सिजन व्यवस्थापन गर्न कठिनाइ परेको उनले सुनाए। शिक्षण अस्पतालका कोभिड उपचार संयोजक डा. सन्तकुमार दासका अनुसार धेरै जसो बिरामीको ढिलो उपचारमा पुग्दा मृत्यु हुने गरेको छ। पाँच दिनसम्म ज्वरो आउने, खोकी लाग्ने भएमा र श्वास–प्रश्वासमा कठिनाइ आउने बित्तिकै अस्पताल पुगेमा कुनै न कुनै व्यवस्थापन हुने र यस्ता बिरामीलाई बचाउन सकिने उनी बताउँछन्। ‘अहिलेको कोरोनाका बिरामीमा अनिश्चित समयमा निमोनिया देखिएकाले ज्वरो र श्वासको समस्या बढ्नेबित्तिकै अस्पताल पुग्नुपर्छ’, उनले भने।

- यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै