२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पताल जान ढिलो गरे जान सक्छ ज्यान

२०७८, २७ बैशाख सोमबार ०३:३०

वैशाख २७, काठमाडौँ | काठमाडौं महाराजगन्जका ३३ वर्षीय भूपाल थापाको घर त्रिवि शिक्षण अस्पतालनजिकै पर्छ। हिँडेर जाँदा पनि उनी केही मिनेटमै यो अस्पताल पुग्न सक्थे। १० दिनअघि उनलाई ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए। दुईचार दिन घरमै हेरौं भन्दै बसे। समस्या बढ्दै गएपछि उनको परिवारले शिक्षण अस्पतालमा भर्नाका लागि खोजी गरे। तर भर्ना पाउन नसकिने जवाफ पाएपछि काठमाडौं मेडिकल कलेज जोरपाटी पुगे।

त्यहाँ पुग्दा थापालाई श्वास फेर्न कठिन भइरहेको थियो। अस्पतालले आइसियु छैन भन्दै जनरल बेडमा राख्यो। फेरि शिक्षण अस्पतालमै आइसियुको खोजी भयो। आइसियु खाली थिएन। उनलाई मेडिकल कलेजको जनरल बेडमा अक्सिजन दिएर राखियो। अस्पताल पुगेको तेस्रो दिन उनको मृत्यु भयो। पारिवारिक स्रोतका अनुसार उनमा कुनै पनि दीर्घरोग थिएन। कोरोना संक्रमणकै कारण उनको मृत्यु भएको आफन्तको दाबी छ। आइतबार वीर अस्पताल ल्याउँदाल्याउँदै कीर्तिपुरका ३८ वर्षीय युवकको मृत्यु भयो। उनलाई होम आइसोलेसनबाट वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। युवक किन ढिला पुगे भन्ने विषयमा जानकारी छैन।  

उनीसहित दिउँसोसम्ममा चारजनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। पाँच दिनयता वीरमा मात्र दैनिक चारपाँच जनाको दरले कोरोना संक्रमितको मृत्यु हुने गरेको छ। शिक्षण अस्पतालका अनुसार आइतवार अस्पताल आइपुगेको केही समयमै ३० वर्षीय युवकको आइसियुमा मृत्यु भयो। उनी पालो पर्खेर आइसियु पुग्ने क्रममा मृत्यु भएको अस्पतालका आइसियु विभाग प्रमुख डा.सुभाष आचार्यले बताए। अस्पतालको अक्सिजन क्षमताभन्दा बढी बिरामी भर्ना भएका छन्। अस्पतालको क्षमताभन्दा १० गुणा बढी खपत हुने कारण सबैलाई अक्सिजन पुग्दैन। त्यसको विकल्प सिलिन्डर र अस्थायी लाइन अक्सिजन व्यवस्थापन गरिएको छ। डा.आचार्यका अनुसार कोभिड आकस्मिक कक्षको ढोकामा जबरजस्ती बसेका बिरामी जो तुरुन्तै अक्सिजन चाहिने अवस्थाका हुन्छन् र वृद्ध पनि हुन्छन्, भनेको बेला अक्सिजन नपाउँदा त्यस्ता बिरामीको मृत्यु हुने गर्छ।  

शुक्रराज सरुवा रोग अस्पतालले पनि क्षमताभन्दा बढी बिरामी आएका कारण अक्सिजन व्यवस्थापन गर्न हम्मे परेको जनाएको छ। अस्पतालका निर्देशक डा.सागर राजभण्डारीका अनुसार अस्पतालको बेड क्षमताभन्दा बढी बिरामी राखेर सिलिन्डरबाट औषधि दिइएको छ। ‘अरू अस्पतालले पन्छाउन खोज्छन्, स्वाँस्वाँ भएर आएका बिरामीलाई फर्काउन सकेनौं’, उनले भने। लिक्विड प्लान्टले आइसियु र भेन्टिलेटरलाई मात्र थाम्ने भएकाले अरू बिरामीलाई अक्सिजन व्यवस्थापन गर्न कठिनाइ परेको उनले सुनाए। शिक्षण अस्पतालका कोभिड उपचार संयोजक डा. सन्तकुमार दासका अनुसार धेरै जसो बिरामीको ढिलो उपचारमा पुग्दा मृत्यु हुने गरेको छ। पाँच दिनसम्म ज्वरो आउने, खोकी लाग्ने भएमा र श्वास–प्रश्वासमा कठिनाइ आउने बित्तिकै अस्पताल पुगेमा कुनै न कुनै व्यवस्थापन हुने र यस्ता बिरामीलाई बचाउन सकिने उनी बताउँछन्। ‘अहिलेको कोरोनाका बिरामीमा अनिश्चित समयमा निमोनिया देखिएकाले ज्वरो र श्वासको समस्या बढ्नेबित्तिकै अस्पताल पुग्नुपर्छ’, उनले भने।

- यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ