१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई दिएको समय सकियो, खनाल-नेपाल पक्षका सांसदहरुको बैठक बस्दै

२७ बैशाख २०७८, सोमबार ०३:५१

वैशाख २७, काठमाडौँ | नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सोमबार बिहानसम्मको अल्टिमेटम दिएका थिए ।

उक्त अल्टिमेटममा अध्यक्ष ओलीले गत फागुन २८ गते गरेको निर्णय फिर्ता गर्नुपर्ने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्नु पर्ने कुरा नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षले  प्रस्ताव गरेका थिए । तर नेपाल/खनाल पक्षले दिएको समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि खनाल नेपाल पक्षले सांसदको बैठक बोलाएको छ ।

खनाल नेपाल पक्षका सांसदहरुले राजीनामाका विषयमा छलफल गर्न साढे ९ बजे  संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्दैछ । आजै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वास मत लिंदैछन् । त्यसअघिनै पार्टी अध्यक्षलाई आफूहरुको मागको पक्षमा प्रतिबद्धता सहित आउन खनाल-नेपाल पक्षका सांसदले ओली समय दिएको तर समय सकिएपछि आफ्नो निर्णय लिन उनीहरुको वैठक बस्न लागेको हो । विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्रले विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय लिइसकेको छ । त्यस्तै जनता समाजवादी पार्टीले विश्वासको मतका सन्दर्भमा पक्ष विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको अवस्था छ । यसैबीच जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस