वैशाख २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद बैठकमा बोल्दै आफूलाई विश्वासको मत मागेका छन् । तर नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका छन् ।
सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो ।
सोही अनुरुप सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल-खनाल पक्षका सांसदहरु सहभागी नभएका हुन् । नेपाल समूहका कति जना सांसद अनुपस्थित भएका छन् भन्नेबारे भने खुलेको छैन ।
प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा एमालेको लहरमा माधव नेपाल पक्षका सांसदको सिट खाली देखिएको छ ।