2026-07-10 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको प्रश्न: यो देशको राष्ट्रिय समस्या म कि तपाई, प्रधानमन्त्री ज्यु ?

वैशाख २७, काठमाडौं | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएपनि मुलुक त्यो दिशातिर नगएको बताएका छन् ।  प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मात माग्दै गर्दा त्यसको विपक्षमा बोल्दै प्रचण्डले तीन वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फसेकोमा आफू खुसि नभएको बताए ।

प्रचण्डले भने 'यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ?' प्रचण्डले देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे । उनले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै 'म कि तपाई राष्ट्रिय समस्या ?' भनेर प्रश्न गरे । 

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रश्न गरे । प्रचण्डले संसद भंग गरेको विषयलाई स्मरण गर्दै प्रधानमन्त्रीले सांसदहरुलाई जबरजस्ती मारिसकेको बताए,  प्रचण्डले भने 'तपाईले विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?' 

प्रचण्डले अर्को प्रश्न तेर्स्याउदै भने 'आज यदि तपाईले विश्वासको मत प्राप्त हुँदैन । त्यसपछि संविधानको अर्को धारामा जान्छु र सदनलाई फेरि विघटन गर्न र मध्यावधिमा जान आउनु भएको त होइन ?' 

तस्बिरः रत्न श्रेष्ठ/रासस

यदि विश्वासको मत लिन चाहेको भए सर्वोच्चले एमाले र माओवादी अलग अलग हुने फैसला गरेपछि नै प्रधानमन्त्री संसदमा आउनुपर्ने उनले बताए । संविधानको धारा ७६(१) बाट (२) को प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओलीले त्यतिबेलै विश्वासको मत लिनुको साटो समर्थन किन फिर्ता नलिएको भनेर प्रश्न गरिरहेको प्रचण्डले बताए ।

समर्थन छिटो फिर्ता लिए फेरि संसद विघटन गर्ने हो कि भन्ने डरले मात्र आफूहरु रोकिएको उनले बताए । अहिले विश्वासको मत लिन आउनु नाटकीय भएको भन्दै उनले भने, ‘के महसुस गर्नुभयो र विश्वासको मत लिन अगाडि आउनुभयो ?

नीति तथा कार्यक्रम र बजेटका लागि नियमित अधिवेशन बोलाउनुपर्ने बेला विश्वासको मत लिन विशेष अधिवेशन बोलाउनु पनि सन्देहात्मक भएको उनले बताए । प्रचण्डले अघि भने, ‘नियमित अधिवेशन बोलाएर त्यसमै विश्वासको मत लिए हुन्त्यो तपाईंले यो सब छल्न यो (विशेष अधिवेशन) बोलाएको त होइन ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट