२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको तीन साता नेपालको लागि अत्यन्तै कठिन: जनस्वास्थ्य विज्ञ डा. पाण्डे

२८ बैशाख २०७८, मंगलवार १५:२६

वैशाख २८, काठमाडौं । आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताएका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै तीनसाता रहने उनले बताएका छन् ।

यो तीन साता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । 

यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।

उनले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानी/स्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सवै नागरिकलाई अपिल गरेका छन् । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गरेका छन् ।

कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन सवैमा उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य