२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अरुण तेस्रोको काम ठप्प

१ जेष्ठ २०७८, शनिबार ०८:१८

भविन कार्की | जेठ १, किमाथाङ्का  | सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । 

सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजनास्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको आयोजनाको काम गर्न सतलज कम्पनी तथा  सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम पुनः सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

बुधबार बिहान साढे ८:०० बजे सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठ्ठु राना घाइते भएका थिए । पावर हाउस निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदार दिनभर आन्दोलित भएका थिए । 

शव व्यवस्थापनका लागि चन्दा सङ्कलन गर्ने भनेपछि कामदारले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदार आक्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाइ रामस्वरुप रानाले बताउनुभयो । रामले भन्नुभयो, “बीमाको रकम दिन पनि आयोजनाले सानो रकमबाट पटक–पटक बार्गेनिङ गर्यो । अन्त्यमा आयोजनाले रु ३० लाख दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइ रामले बताउनुभयो । 

भएन विद्युत् गृहस्थलको काम 

चिचिला गाउँपालिकामा निमार्णाधीन उक्त जलविद्युत् आयोजनाको विद्युत् गृहस्थलमा कामदारको मृत्युपछि विद्युत् गृहस्थलमा काम शुरु हुन सकेको छैन । मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै आक्रोशित मजदूरले काम अवरुद्ध गरी स्थानीय कार्यालय, सवारी साधन र निर्माण सामग्रीमा तोडफोड गरेका थिए । काम गर्ने सहज वातावरण नभएको भन्दै सहज परिस्थिति नभएसम्म काम शुरु गर्न नसक्ने सतलज जलविद्युत् निगम (एसजेभिएन) का सिइओ अरुण धिमानले बताउनुभयो । 

नेपाल सरकारले सुरक्षाको प्रत्यभूति गराए मात्र आयोजनाको काम शुरु गर्न सक्ने सिइओ धिमानले जानकारी दिनुभयो  । जुनसुकै घटनामा क्षतिपूर्तिका नाममा ठूलो रकमको माग गर्दै आयोजनामा अवरोेध गर्ने गरिएकाले काम गर्न असहज भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख भएभन्दा बाहिरको काम गर्न हामी सक्दैनौँ ।”

कूल रु एक खर्ब ४४ अर्ब लागतमा निर्माण भइरहेको अयोजनाको काम सन् २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिइएको छ । अरुण तेस्रो जलविद्युत् निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन) ले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ । विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इन्जिनीरिङ कम्पनीले काम गरिरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ