१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा निर्वाचनः ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

२ जेष्ठ २०७८, आईतवार १३:४६

जेठ २, काठमाडौँ | निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ । मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि पिसिआर रिपोर्ट देखाउन, साबुनपानीले हात धुन तथा स्यानिटाइजर प्रयोग र मास्कलाई अनिवार्य गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोभिड– १९ संक्रमण देखिएका मतदाताका लागि बेग्लै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधि सबैले अनिवार्य रुपमा पिपिइ प्रयोग गर्नुपर्ने व्यवस्था गरिने छ ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेस शिल्ड, पञ्जा र मास्क लगाउनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५  मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायत मतदान सामग्री तथा मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणनास्थलमा मतपेटिका खोल्नुअघि  अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिने जनाइएको छ  ।

मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधान स्वास्थ्य सुरक्षा मापदण्डमा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा