२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित ४०० जना भेन्टिलेटरमा र १,२५९ जना आईसीयूमा उपचार हुँदै

२०७८, ४ जेष्ठ मंगलवार ०५:४८

जेठ ४, काठमाडौं । नेपालमा हाल भेन्टिलेटरमा चार सय कोरोना संक्रमित रहेका छन् । यस्तै आईसीयूमा उपचाररत संक्रमितको संख्या एक हजार २५९ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ५२, प्रदेश २ मा ५७, वाग्मती प्रदेशमा सबैभन्दा धेरै २२३ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ३३, लुम्बिनीमा १८, कर्णालीमा ८ र सुदूरपश्चिममा ९ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । 

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ५२९ उपचाररत छन् । प्रदेश १ मा १७४, प्रदेश २ मा २०७, गण्डकी प्रदेशमा ११६, लुम्बिनीमा ११३, कर्णालीमा ८१ र सुदूरपश्चिम प्रदेशमा ३९ संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको छ । 

हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १३ हजार ४८० छ । होम आइसोलेसनमा १ लाख ६ हजार ५१० बसेका छन् भने संस्थागत आइसोलेसनमा ६ हजार ९७० रहेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा